ad ad

समाज


कोरोना संक्रमित भेटिए भन्दै फेसबुकमा अफवाह फैलाउने एक जना पक्राउ

कोरोना संक्रमित भेटिए भन्दै फेसबुकमा अफवाह फैलाउने एक जना पक्राउ

नेपालखबर
चैत २६, २०७६ बुधबार १२:६,

कोरोना भाइरस (कोभिड—१९) संक्रमित व्यक्ति भेटिएको भन्दै अफवाह फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् टीकापुर नगरपालिका— १ ब्लक नम्बर १० मा कोरोना भाइरस संक्रमित व्यक्ति भेटिएको गलत प्रचार गर्ने सोही नगरपालिका—२ का पवनकुमार भट्टराईलाई गएराति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए।

आफ्नो फेसबुक आइडीमार्फत ‘कोरोना भाइरसको संक्रमित टीकापुर नगरपालिका– १ ब्लक नं. १० मा भेटियो’ भनी पोष्ट गरेर आम नागरिक माझ सन्त्रास फैलाएको देखिएकाले आवश्यक कानूनी कारवाहीका लागि भट्टराईलाई इलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा लिएको उनले बताए।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .