समाज


बाढीपहिरो: बिहानैदेखि यी ६ सडक पूर्णरुपमा अवरुद्ध

५ वटा सडकमा पहिरो पन्छाएपछि एकतर्फी यातायात सञ्चालन
बाढीपहिरो: बिहानैदेखि यी ६ सडक पूर्णरुपमा अवरुद्ध

फाइल तस्बिर


नेपालखबर
असार ५, २०८२ बिहिबार १०:१८, काठमाडौँ

बाढी पहिराको कारण देशका ६ वटा सडक पूर्ण रुपमा अवरुद्ध भएका छन्। 

वर्षापछि बाढीपहिरो जाँदा पाँच प्रदेशका ११ राजमार्ग अवरुद्ध बनेको नेपाल प्रहरीले जनाएको छ। जसमा ६ वटा सडक पूर्णरुपमा अवरुद्ध बनेका हुन्। 

धनकुटा, सिन्धुपाल्चोक, काभ्रे, चितवन, नवलपरासी, ग्याग्दी, गुल्मी, जुम्ला र डोटी जिल्लामा पर्ने मुख्य सडक अवरुद्ध बनेका हुन्। जसमध्ये पाँचवटा सडकमा भने पहिरो पन्छाएर एकतर्फी रुपमा यातायात सञ्चालन गरिएको छ। 

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका- २ कोदारी, भोटेकोसी- ३ लार्चा र भोटेकोसी २ कोप्लाङमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्णरुपमा अवरुद्ध बनेकाे छ।

त्यसैगरि काभ्रेको धुलिखेल नगरपालिका- ११ बाँझोखेतमा बाढी आउँदा अवरुद्ध भएको बीपी राजमार्गमा एकतर्फी गाडी गुड्न थालेका छन्। 

चितवनको इच्छाकामना गाउँपालिका- ५ को तुइन खोला र ६ को नाम्सी पुलमा पहिरो खस्दा अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडकमा पनि एकतर्फी गाडी चल्न थालेका छन्। 

त्यसैगरि नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका- १ मा बाढीको कारण पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध बनेको छ भने म्याग्दीको अन्नपूर्ण गाउँपालिका- ३ रुप्सेमा पहिरो जाँदा बेनी-जोमसोम सडक पनि पूर्णरुपमा अवरुद्ध छ। 

त्यसैगरि गुल्मीको कालीगण्डकी गाउँपालिका- ६ बर्लबामा पहिरो जाँदा अवरुद्ध बनेको कालीगण्डकी करिडोर सडक पनि एकतर्फी खुलेको छ। 

जुम्लाको सिंजा गाउँपालिका- २ चुलेलगाउँमा पहिरो जाँदा जुम्ला- मुगु सडक पनि अवरुद्ध छ। 

डोल्पाको त्रिपुरा सुन्दरी गाउँपालिका- १ छलघाटमा पहिरो जाँदा भेरी करिडोर सडक पनि पूर्णरुपमा अवरुद्ध बनेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad