जिल्ला प्रशासन कार्यालय सिन्धुलीले पनि सुनकोसी नदीमा आउन सक्ने बाढीप्रति सचेत रहन सर्वसाधारणलाई अनुरोध गरेको छ।
सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी अनुप भण्डारीले सूचना जारी गर्दै चीनको तिब्बत क्षेत्रमा ठूलो वर्षा हुने सम्भावना रहेको भन्दै सुनकोसी, गोलन्जोर र फिक्कल गाउँपालिकासहित नदी आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सचेत गराएका हुन्।
सिन्धुपाल्चोक जिल्ला प्रशासनले पनि बुधबार यस्तै सूचना जारी गरेको थियो।
असार ३ गतेदेखि ७ गतेसम्म चीनको तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुने र त्यसले सुनकोसी नदीमा ठूलो बाढी आउन सक्ने अनुमानको आधारमा जिल्ला प्रशासन कार्यालयहरुले नागरिकलाई सचेत गराएका हुन्।
‘असार ३ गतेदेखि ७ गतेसम्म छिमेकी राष्ट्र चीनको भोटेकोसी नदी भई बग्ने तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुन सक्ने सम्भावना रहेको भनी चीनको प्रहरी कार्यालयबाट सूचना प्राप्त भएको छ,’ सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचनामा भनिएको छ, ‘भोटेकोसी र सुनकोसी नदी आसपास ९भोटेकोसी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोसी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको भोटेकोसीरसुनकोसी नदी आसपास० क्षेत्रमा जोखिम हुनसक्ने भएकाले नदी आसपास क्षेत्रमा बसोबास गर्नुहुने महानुभावहरुमा सतर्कता अपनाउन अनुरोध छ।’
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले पनि यस्तै बेहोराको सूचना जारी गरेको छ।

Shares

प्रतिक्रिया