वर्षापछि पहिरो जाँदा लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ।
लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ बुङ झरना नजिक आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालय लमजुङका नायब उपरीक्षक रमेश बोहोराका अनुसार गए रातिको अविरल वर्षाका कारण पहिरो खसेपछि त्यहाँबाट गाडी चल्न सकेका छैनन्।
पहिरो पन्छाउने प्रयास जारी रहेको बोहोराले बताए।
120
Shares

प्रतिक्रिया