समाज


स्वास्थ्यमन्त्रालयमा २ हजारभन्दा बढी दरबन्दी थप्ने प्रस्ताव अघि बढ्यो

स्वास्थ्यमन्त्रालयमा २ हजारभन्दा बढी दरबन्दी थप्ने प्रस्ताव अघि बढ्यो

नेपालखबर
असार ३, २०८२ मंगलबार १५:५, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय सरकारअन्तर्गत रहने गरी २ हजार १०२ दरबन्दी प्रस्ताव गरेको छ। 

मन्त्रालयले जनशक्ति कम भएको भन्दै थप गर्ने प्रस्ताव गरेको हो। जनशक्ति थप गर्न मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गरेको थियो। 

दरबन्दी प्रस्तावलाई अर्थ मन्त्रालयले स्वीकृती दिएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पुगेको हो। संघीय मामिलाले उक्त प्रस्ताव मन्त्रिपरिषद्‍मा पेस गरेर स्वीकृति पाएपछि दरबन्दी थपका विज्ञाापन खुलाउने मन्त्रालयले जनाएको छ। 

प्रस्तावित दरबन्दीमा वीर अस्पताल रहेर मन्त्रालयमा काजमा खटिएका अतिरिक्त सचिवको १२ औं तहलाई हटाएर सिधैं मन्त्रालयअन्तर्गत नै रहने गरी नयाँ ओएनएममा राखिएको छ। 

त्यसैगरी, ११ औं तहमा ४९ दरबन्दी थप गरिएको छ भने १२ वटा दरबन्दी हटाइएको छ। ९ र १० औं तहमा ३ सय २२ दरबन्दी थप गरिएको छ। आठौं तहको मेडिकल अधिकृतमा ४ सय ३६ पद थप गरिएको छ भने ५० वटा दरबन्दी हटाइएको छ। 

३ सय ५३ दरबन्दी रहेकोमा अब ७ सय ३९ दरबन्दी पुगेको छ। स्टाफ नर्समा ५,६,७ तर्फ १२४२ दरबन्दी थप गरिएको छ। यसअघि १ हजार ३४१ स्टाफ नर्सको दरबन्दी रहेकोमा बढाएर २ हजार ६२३ पुर्‍याइएको छ। 

पहिलोपटक मिडवाइफ्री नर्सको दरबन्दी थप गरिएको छ। जसमा ३९ वटा नयाँ दरबन्दी सिर्जना गरिएको छ। फार्मेसी अधिकृत १९ वटा नयाँ दरबन्दी थप गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad