समाज


राशिफल ३ असार : कर्कटको प्रेममा असमझदारी, वृश्चिकलाई काम नबन्दा दिक्क लाग्ने, तपाईँको के?

राशिफल ३ असार : कर्कटको प्रेममा असमझदारी, वृश्चिकलाई काम नबन्दा दिक्क लाग्ने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
असार ३, २०८२ मंगलबार ४:३८, काठमाडौँ

आज मङ्‌गलबार, ३ असार २०८२ (१७ जुन २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: आँटे-ताकेको पूरा हुनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। शुभारम्भको चर्चा चल्नेछ। विशिष्ट व्यक्तिसँगको भेटघाटले मन प्रसन्न हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।

भाग्यशाली रङ रातो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ७१, सेयर बजारमा ५५, वैदेशिक कार्यमा ७५ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ८० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

वृष: नयाँ कार्यको थालनी हुन सक्छ। स्थान परिवर्तनका विशेष योग छन्। आजको श्रमबाट पछिलाई फाइदा पुग्नेछ। महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। सेयर बजारबाट लाभ मिल्नेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६९, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ४९ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ५७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

मिथुन: मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ। रोकिएको काम दोहोर्‍याएर गर्दा सफल भइनेछ। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ।

भाग्यशाली रङ सेतो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६५, सेयर बजारमा ५५, वैदेशिक कार्यमा ५१ र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५३, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

कर्कट: प्रेमी-प्रेमिकाबीच खिन्नता बढ्नेछ। आहारविहारप्रति विशेष ध्यान दिन आवश्यक छ। वचन टार्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ। साँझमा वैदेशिक क्षेत्रबाट राम्रो सफलता मिल्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३८, सेयर बजारमा ३७, वैदेशिक कार्यमा ६१ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।

सिंह: जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। रोकिएका काम पुनः सुरु हुनेछन्। घरजग्गा खरिदबिक्रीको योग छ। प्रेम जीवन ठिकठिकै चल्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ६८, सेयर बजारमा ६६, वैदेशिक कार्यमा ५६ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

कन्या: लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। विपरीत लिङ्गीप्रति आकर्षण बढ्नेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ६२, सेयर बजारमा ६९, वैदेशिक कार्यमा ४१ र शिक्षामा ८० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

तुला: घरपरिवारबाट सहयोग मिल्नेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्ला। शुभकार्यमा सरिक भइनेछ। लामो यात्रा सुखद र सफल हुनेछ। सांस्कृतिक क्षेत्रमा रूचि बढ्नेछ। आकस्मिक धनलाभ हुन सक्छ। सेयर बजारबाट लाभ नै हुनेछ।

भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७३, व्यापारमा ५९, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ७३ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

वृश्चिक: ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्नेछ। प्रेमी, आफन्त र साथीभाइबाट टाढिनुपर्दा मन खिन्न हुनेछ। उपचार खर्च बढ्न सक्छ, स्वास्थ्यको ख्याल गर्नुहोला। बेलुकीपख हौसला मिल्ने अवस्था बन्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३३, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ५२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४७, यात्राको योग ६९ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

धनु: रमाइलो र सुखद यात्राको योग छ। अतिथिको रूपमा सत्कार पाइएला। धनार्जनका नयाँ स्रोत भेटिनेछन्। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। सेयर बजारको कारोबारमा राम्रै सफलता मिल्नेछ।

भाग्यशाली रङ आकासे र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ६५, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ६३ र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

मकर: कुनै कुराले मनमा शान्ति छाउनेछ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। हिम्मत बढ्ला। प्रेमीबाट विशेष सहयोग मिल्नेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६२, सेयर बजारमा ६४, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।

कुम्भ: सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउला। नजिकका व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। वैदेशिक यात्राको योग छ। अचल सम्पत्ति हातपर्ने योग छ।

भाग्यशाली रङ निलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६५, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ६१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

मीन: बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। स्वास्थ्य तथा सुन्दरतामा धन खर्च हुनेछ। राजनीतिक कार्यमा बाधा आउनेछ। आलोचना गर्नेहरूबाट सजग रहनुहोला। अनावश्यक धन खर्च हुनेछ। शुभकार्यको चर्चा चल्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४६, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ७५ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। छलकपट नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad