राजनीति


संसद्‍मा माओवादीले भन्यो– भिजिट भिसामा ३० दिनभित्र होइन, तत्कालै  छानबिन समिति बनोस्

संसद्‍मा माओवादीले  भन्यो– भिजिट भिसामा ३० दिनभित्र होइन, तत्कालै  छानबिन समिति बनोस्

फाइल तस्बिर


नेपालखबर
असार २, २०८२ सोमबार १३:३२, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा ३० दिनभित्र छानबिन गर्न सरकारसँग आफूहरुसको सहमति भएको भए पनि त्यसलाई तत्काल अगाडि बढाउनुपर्ने माग गरेको छ।  

सोमबार प्रतिनिधिसभाको बैकठमा बोल्दै माओवादी सांसद शक्ति बस्नेतले रोष्टममा सरकारका तर्फबाट गृहमन्त्रीले गरेको घोषणा तत्काल कार्यन्वयन गर्नुपर्नेमा जोड दिए। ‘सरकारले ३० दिनभित्रमा अध्ययन, छानबिन समिति बनाएर प्रक्रिया अगाडि बढाउने उद्घोष गरिसकेको स्थिति छ,’ बस्नेतले भने, ‘हामीले त्यो कुराको भरोसा पनि गरेका छौँ। म सरकारसँग के आग्रह गर्न चाहान्छु भने अब त्यो ३० दिन लगाउनु पनि जरुरी छैन।’

उनले भने, ‘अब एक हप्ता भित्रमा, केही दिन भित्रमा त्यो ३० दिनभित्र गर्ने भनिएको अध्ययन, छानबिन प्रक्रिया अगाडि बढाउने जे प्रतिवद्धता र घोषणा यो सरकारको तर्फबाट रोष्टममा गृहमन्त्रीजीले गर्नु भएको छ, अब तत्काल त्यो छानबिन समिति गठन गरेर यी सबै भावनालाई एकीकृत गर्न म सरकारसँग आग्रह गर्न चाहान्छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad