समाज


स्वीकृति नलिइ सडक र फुटपाथ खन्नेलाई ललितपुर महानगरले दियो कारबाहीको चेतावनी

स्वीकृति नलिइ सडक र फुटपाथ खन्नेलाई ललितपुर महानगरले दियो कारबाहीको चेतावनी

नेपालखबर
असार २, २०८२ सोमबार ९:४५, काठमाडौँ

ललितपुर महानगरपालिकाले सहर क्षेत्रको सडक तथा पैदल मार्ग (फुटपाथ)मा जथाभावी नखन्न चेतावनी दिएको छ। 

ललितपर महानगरपालिकाले आज सूचना जारी गर्दै विना स्वीकृति अनाधिकृत रुपमा फुटपाथ र सडकहरुमा खन्ने, फुटाउने तथा उप्काउने कार्य भइरहेको भन्दै त्यसो नगर्न स्थानीयलाई सचेत गराएको हो। 

‘यस्तो कार्यले महानगरको सौन्दर्यकरण र वातावरणमासमेत प्रतिकूल असर पर्नुका साथै सवारी दुर्घटनाको जोखिम र पैदल यात्रुलाईसमेत समस्या पर्न गएको गुनासाहरु आएका छन्,’ सूचनामा भनिएको छ, ‘नियमअनुसार सहमती लिएर मात्रै सडक तथा फुटपाथ खन्ने कार्य गर्नुहोला। अन्यथा नियमअनुसार कारबाही हुनेछ।’

यस वर्षको वर्षायाम सुरु भएकाले असार, साउन र भदौ (तीन महिना)सम्मको लागि सडक खन्न र फुटपाथ विगार्ने कार्यको स्वीकृतिसमेत रोक्का गरिएको ललितपुर महानगरपालिकाले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad