समाज


३२ लाख ६९ हजारको चाँदी र सुनको जलप लगाएको गहनासहित दुई युवक पक्राउ

३२ लाख ६९ हजारको चाँदी र सुनको जलप लगाएको गहनासहित दुई युवक पक्राउ

नेपालखबर
असार २, २०८२ सोमबार ९:५५, काठमाडौँ

इलामको चारमाइलबाट चाँदी र सुनको जलप लगाएको गहनासहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ। 

सूर्योदय नगरपालिका–२ चारमाइलबाट असार १ गते सशस्त्र प्रहरीले ३२ लाख ६९ हजार ५ सय ५७ रुपैयाँ बराबरको चाँदी र सुनको जलप लगाएको गहनासहित दुई जनालाई नियन्त्रणमा लिएको हो। 

पक्राउ पर्नेमा भारतको हिमालचल प्रदेश घर बताउने ३८ वर्षीय अभिनास बोध र ३५ वर्षीय रवि कुमार छन्। 

उनीहरुलाई सशस्त्र प्रहरी बलको प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगरबाट खटिएको सुरक्षा फौजले विशेष सूचनाको आधारमा आईतबार दिउँसो  नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलका प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। 
    

नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुलाई शंका लागि जाँच गर्दा उनीहरुले बोकेको झोलाबाट १७ किलो ४ सय ग्राम चाँदी र ५ किलो सुनको जलप लगाएको गहना र विभिन्न किसिमका माला फेला परेको प्रहरीले जनाएको छ।

सामान बरामद पश्चात्  सुनचाँदी ब्यबसायी संघ बिर्तामोड झापामा ल्याएर परिक्षण गर्दा जलप लगाएको प्रमाणित भएको हो।
    
नियन्त्रणमा लिइएका दुवैलाई बरामद सामानसहित आवश्यक अनुसन्धानको लागि भन्सार कार्यालय पशुपतिनगर इलाममा बुझाइएको थापाले जानकारी दिए। 

उक्तमा चाँदी तथा सुनको जलप लगाएको गहना कहाँबाट के प्रयोजनको लागि उनीहरुले ल्याएका हुन् अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad