भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका २३ जनालाई पनि घर पठाइएको छ।
कोरोना प्रभावित विभिन्न देशबाट आएका उनीहरुलाई १४ दिन अघिदेखि भक्तपुरस्थित विद्युत् प्राधिकरण भवनको क्वारेन्टाइनमा राखिएको थियो।
सबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई मंगलबार नेपाली सेना र जिल्ला सुरक्षा निकायको पहलमा घरसम्म पु¥याउने व्यवस्था गरिएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए।
यसअघि चीनको बुहानबाट उद्धार गरि ल्याइएका नेपाली विद्यार्थीलाई पनि खरिपाटी क्वारेन्टाइनमा १७ दिन राखेर घर पठाइएको थियो।
6
Shares

प्रतिक्रिया