छापा खबर


कोरोना संक्रमितलाई विभिन्न देशमा खुवाउन थालियो मलेरियाको औषधि, के भन्छन् विज्ञ?

कोरोना संक्रमितलाई विभिन्न देशमा खुवाउन थालियो मलेरियाको औषधि, के भन्छन् विज्ञ?

नेपालखबर
चैत २६, २०७६ बुधबार २:३१,

कोरोना संक्रमणले महामारीको रूप लिइरहेका वेला यसलाई नियन्त्रण गर्न विश्वव्यापी रूपमा मलेरियाका लागि प्रयोग हुने औषधिको माग बढ्न थालेको छ।

कोरोनाविरुद्ध औषधि तथा खोपको विकास नभइरहेको अवस्थामा विभिन्न मुलुकमा मलेरियाको औषधि प्रयोग हुन थालेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

विश्व स्वास्थ्य संगठनले क्लोरोक्विन र हाइड्रोएक्सवाइक्लोरोक्विनबाट कोरोना उपचार गर्ने पर्याप्त प्रमाण नभएको बताउँदा पनि यी दुई औषधिले विश्वको ध्यान तानेको छ।

तर, कोरोना उपचारमा ती दुवै औषधि खासै प्रभावकारी नभएको पछिल्लो अवस्थाले देखाइरहेको छ। औषधिले काम गरेको भए अहिले हजारौँ मानिस मृत्युको मुखमा धकेलिँदैनथे।

फ्रान्समा गरिएको एउटा अनुसन्धानमा पनि अहिले चर्चा भइरहेका दुवै औषधि कोरोना उपचारका लागि उपयोगी नहुने वैज्ञानिकले बताएका छन् । बरु यी औषधिले किड्नी र कलेजोलाई असर गर्नेलगायत अन्य साइड इफेक्ट हुने केही विज्ञको भनाइ छ।

‘यी औषधिको प्रभावकारिता मूल्यांकन गर्न बृहत् रूपमा परीक्षण गर्नुपर्छ,’ युनिभर्सिटी अफ अक्सफोर्डका कोम गिब्निगी भन्छन्। ती औषधिबारे अमेरिका, बेलायत, स्पेन, चीनलगायत देशमा परीक्षण भइरहेका छन्।

ती औषधि कोभिड–१९ को असर कम गर्न सक्षम छन् वा छैनन् भन्ने पत्ता लगाउन ‘क्लिनिकल’ परीक्षण भइरहेको बेलायती मन्त्री मिसेल गोभ बताउँछन्।

अमेरिकामा कोरोना संक्रमितको उपचार गर्न क्लोरोक्विन, हाइड्रोएक्सवाइक्लोरोक्विन र अर्को एन्टिबायोटिक औषधि जिथ्रोम्याक्सको मिश्रण गरी विभिन्न परीक्षण भइरहेका छन्।

अमेरिकामा औषधिको इजाजत दिने खाद्यान्न तथा औषधिसम्बन्धी प्रशासन (एफडिए) कोरोनाको उपचारका लागि मलेरियामा प्रयोग हुने औषधिलाई ‘आपत्कालीन प्रयोग’का लागि अनुमति दिएको छ । तर, सो औषधिले कोरोना निको हुने दाबी भने एफडिएले गरेको छैन।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइटहाउसमा आयोजित बैठकमा कोरोनाको उपचारमा हाइड्रोएक्सवाइक्लोरोक्विन प्रयोग गर्न सकिने बारम्बार बताउँदै आएका छन्।

हालै आयोजित एक पत्रकार सम्मेलनमा सो औषधिको सन्दर्भ कोट्याउँदै उनले भनेका थिए, ‘हाइड्रोएक्सवाइक्लोरोक्विन र क्लोरोक्विनजस्ता औषधि खाँदा केही फरक पर्दैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad