समाज


आज यी २४ जिल्लामा बाढीको जोखिम, ११ वटामा ‘एल्लो अलर्ट’

आज यी २४ जिल्लामा बाढीको जोखिम, ११ वटामा ‘एल्लो अलर्ट’

फाइल तस्बिर


नेपालखबर
जेठ ३१, २०८२ शनिबार १०:५१, काठमाडौँ

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज (जेठ ३१, शनिबार) कुन-कुन जिल्लामा बाढीको खतरा छ भन्ने विषयमा जानकारी गराएको छ। 

बाढी महाशाखाका अनुसार आज देशका २४ जिल्ला र आसपासका क्षेत्रमा बाढी आउने सम्भावना छ। 

महाशाखाको बुलेटिनमा भनिएको छ: आज इलाम, धनकुटा, तेह्रथुम, पाँचथर, संखुवासभा, सोलुखुम्बु, भोजपुर, खोटाङ, ओखलढुंगा, झापा, मोरङ, सुनसरी, धनुषा, गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, बैतडी, दार्चुला, बझाङ, डोटी, डडेलधुरा र आसपासका जिल्ला भई वहने केही ससाना नदीहरूमा बहाब बढ्ने सक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउनहुन अनुरोध छ।

यीमध्ये पनि ११ वटा जिल्लाका लागि भने बाढी महाशाखाले पहेँलो चेतावनी अर्थात् एल्लो अलर्ट दिएको छ। महाशाखाले आज बाढीको जोखिमका हिसाबले गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, बैतडी, दार्चुला, बझाङ, डोटी र डडेलधुरा जिल्लालाई पहेँलो रङ दिएको हो। यसको अर्थ सामान्यभन्दा अलि बढी मध्यम जोखिम छ भन्ने हो। 

यस्तै आज शुक्रबारदेखि आइतबारसम्म कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै पूर्वी राप्ती, पश्चिम राप्ती, कन्काई, कमला, बागमती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने पुर्वानुमान भए पनि घटबढ भइरहने देखिएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सामान्य सतर्कता अपनाउन आवश्यक रहेको बाढी महाशाखाले उल्लेख गरेको छ।

विस्तृत जानकारी तल:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad