समाज


एफएममा आफूविरुद्ध समाचार आएपछि नगरप्रमुखले पत्रकारलाई घरमै बोलाएर कुटे

एफएममा आफूविरुद्ध समाचार आएपछि नगरप्रमुखले पत्रकारलाई घरमै बोलाएर कुटे

नेपालखबर
जेठ ३०, २०८२ शुक्रबार १५:५३, काठमाडौँ

रौतहटस्थित कटहरिया म्यूजिकल एफएमका सञ्चारकर्मी रविन्द्र प्रजापति र सागर संगम ठाकुरमाथि कटहरिया नगरपालिकाका प्रमुख अजय प्रकाश जयसवालको नेतृत्वको समूहले कुटपिट र गालीगलौज गरेको नेपाल पत्रकार महासंघले जनाएको छ।

महासंघका महासचिव रामप्रसाद दाहालले शुक्रबार एक विज्ञप्ति प्रकाशित गरी घटनाप्रति महासंघको ध्यानाकर्षण भएको जनाएका छन्।

खानेपानीसम्बन्धी समाचार प्रसारण भएपछि रेडियोको सञ्चारकर्मीद्वयलाई बोलाएर घर भित्र थुनेर जयसवालले यस किसिमको हर्कत गरेको महासंघ रौतहट शाखाले जनाएको छ।

‘संप्रेषित समाचारमा चित्त नबुझे कानुनी उपचार वा स्थापित प्रक्रियामा जानसकिने मार्गप्रशस्त हुँदाहुँदै जनप्रतिनिधिजस्तो जिम्मेवार व्यक्तिबाट भएको यो कार्यलाई महासंघले अशोभनीय, अराजक र स्वतन्त्र पत्रकारितामाथिको हमलाका रुपमा लिएको छ’ महासंघले भनेको छ, ‘महासंघ यस्ता हर्कतको भर्त्सना गर्दछ। र, घटनाको छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गरी स्वतन्त्र, सुरक्षित र निर्वाध पत्रकारिताको अभ्यासको वातावरण निर्माणका लागि सम्बन्धित निकायसँग माग गर्दछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad