समाज


सुतेकै ठाउँमा मृत भेटिए माओवादी नेता जुहारचन

सुतेकै ठाउँमा मृत भेटिए माओवादी नेता जुहारचन

नेपालखबर
जेठ ३०, २०८२ शुक्रबार ५:५३, काठमाडौँ

माओवादी केन्द्रका नेता वीरेन्द्र जुहारचनको निधन भएको छ। 

माओवादी केन्द्रको जेष्ठ कम्युनिस्ट मञ्चका सदस्या तथा संविधान सभा सदस्य जुहारचनको ६९  वर्षको उमेरमा मुस्ताङकाे घरपझोङ गाउँपालिका–२ स्थित आफ्नै निवासमा निधन भएको हो। 

उनको निधनप्रति माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दुःख व्यक्त गरेका छन्। 

माओवादी केन्द्रको जनतासँग माओवादी जनजागरण अभियानका क्रममा अघिल्लो दिन मुस्ताङको मार्फामा माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डको स्वागत तथा पार्टीको कार्यक्रममा सहभागी भएर जेठ २८ गते राति आफ्नै निवासमा फर्किएका उनी बिहीबार बिहान सुतेकै ठाउँमा मृत भेटिएका हुन्। उनको हृदयाघातको कारण निधन भएको आशंका गरिएको छ। 

जुहारचन २०६४ सालको संविधान सभा निर्वाचनमा माओवादीबाट समानुपातिक प्रणालीबाट सांसद निर्वाचित भएका थिए। 

जुहारचनको निधनले सिंगो पार्टी मर्माहत भएको भन्दै प्रचण्डले उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्।

विसं २०३० देखि राजनीतिमा सक्रिय रहेका उनी तत्कालीन पुष्पलाल समूहको सदस्य हुँदै अविछिन्न कम्युनिष्ट आन्दोलनमा होमिएका थिए। जुहारचनको निधनप्रति नेकपा (माओवादी केन्द) मुस्ताङले पनि शोक वक्तव्य प्रकाशित गरी श्रद्धाञ्जली अर्पण गरेको पार्टीका जिल्ला समन्वय समिति संयोजक धीरेन्द्र विकले जानकारी  दिए।

हेर्नुहाेस प्रचण्डकाे शाेक वक्त्तव्य 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad