भारतको अहमदाबादमा बिहीबार भएको एयर इन्डियाको विमान दुर्घटनामा चालक दलसहित कुल २४२ यात्रुमध्ये एक जना रमेश विश्वास कुमार मात्र बाँच्न सफल भए।
विमान खसेर भीषण आगलागी भई टुक्राटुक्रा हुँदा पनि उनी बाँच्नुलाई धेरैले चमत्कार ठानेका छन्। त्यसो त उनी आफैँ पनि आश्चर्यमा परेका छन्।
विमानको सिट नम्बर ११ ए मा बसेका उनको भिडिओ सार्वजनिक भएको छ। जसमा उनी खुट्टा खोच्याएर हिँडेको देखिन्छ।
Miracle! चमत्कार!
विमान हादसे में यात्री रमेश विश्वास की जान बची।
विंडो सीट पर बैठे थे…वाक़ई बहुत बड़ा चमत्कार है ये... pic.twitter.com/hps0UWVamA— Kaushik Kanthecha (@Kaushikdd) June 12, 2025
भारतीय मूलका बेलायती नागरिक रमेशले भनेका छन्, ‘विमान विस्फोट भयो, म बाँच्नु कुनै चमत्कारभन्दा कम छैन। उडेको ३० सेकेन्डपछि नै विमान दुर्घटना भयो। जब म होसमा आएँ, मेरा वरिपरि केवल शवहरू थिए। मलाई कसैले उठायो र एम्बुलेन्समा राख्यो। मेरो भाइ पनि मसँगै विमानमा यात्रा गरिरहेको थियो।’
Shares

प्रतिक्रिया