समाज


दुर्गा प्रसाईँमाथि सीआईबीको अनुसन्धान अपूरो, सरकारी वकिलले फर्काइदिए फाइल

दुर्गा प्रसाईँमाथि सीआईबीको अनुसन्धान अपूरो, सरकारी वकिलले फर्काइदिए फाइल

उजिर कार्की
जेठ २९, २०८२ बिहिबार १९:५३, काठमाडौँ

विशेष सरकारी वकिल कार्यालयले विवादास्पद व्यवसायी दुर्गा प्रसाईँमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धान अपूरो रहेको निष्कर्ष निकाल्दै फाइल फिर्ता पठाइदिएको छ।

प्रसाईँले विभिन्न बैंकहरूबाट लिएको कर्जा अपचलन गरेको अभियोगमा मुद्दा चलाउनुपर्ने रायसहित सीआईबीले दुई साताअघि अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पठाएको थियो। उक्त प्रतिवेदन अध्ययनपछि सरकारी वकिलले थप अनुसन्धान गर्नुपर्ने भन्दै निर्देशनसहित फिर्ता पठाएको हो।

‘अनुसन्धान प्रतिवेदन हामीले अध्ययन गर्‍यौँ। त्यसमा थप अनुसन्धान गर्नुपर्ने देखियो,’विशेष सरकारी वकिल कार्यालयकी प्रवक्ता सरिता  पोखरेलले नेपालखबरसँग भनिन्, ‘अनुसन्धान प्रतिवेदन केही निर्देशनसहित सीआईबीमा पठाएका छौँ।’ 

सीआईबीले सरकारी वकिल कार्यालयबाट प्राप्त निर्देशनअनुसार थप अनुसन्धान अघि बढाउने बताएको छ।

सीआईबीका प्रवक्ता युवराज खड्काले भने, ‘सरकारी वकिल कार्यालयबाट निर्देशन प्राप्त भएको छ। निर्देशनअनुसार थप अनुसन्धान गरी पुनः फाइल पेस गर्छौँ।’

प्रसाईँ गत चैत १५ गते काठमाडौँमा भएको ध्वंसात्मक प्रदर्शनका मुख्य अभियुक्तका रूपमा ५ वटा अभियोगमा मुद्दा खेपिरहेकै छन्। ती मुद्दामा बिहीबार काठमाडौँ जिल्ला अदालतले थुनछेकसम्बन्धी आदेश गर्दै छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad