बागमती


चट्याङ लागेर बालकको मृत्यु

चट्याङ लागेर बालकको मृत्यु

नेपालखबर
जेठ २९, २०८२ बिहिबार २०:०, काठमाडौँ

वर्षासँगै आज चट्याङ लागेर मकवानपुरमा एक बालकको मृत्युु भएको छ। एकजना घाइते भएका छन्। 

चट्याङ लागेर कैलाश गाउँपालिका–९ थामलेक निवासका १४ वर्षीय कान्छा गोलेको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। आफ्नै घर बाहिर खाटमा बसिरहेका अवस्थामा चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको हो। 

यस्तै, चट्याङ लागेर बागमती गाउँपालिका–२ देउराली गाउँका ३२ वर्षीय कृष्णबहादुर श्रेष्ठ घाइते भएका छन्। आफ्नै घरमा बसिरहेका अवस्थामा उनी चट्याङ लागेर घाइते भएका हुन्। उनको राईगाउँ स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताए। 

चट्याङ लागेर स्थानीय कमलजङ्ग रानामगरको घरमा क्षति पुगेको प्रहरीले जनाएको छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad