समाज


राशिफल २९ जेठ : कन्या रचनात्मक कार्यमा सरिक, तुलालाई व्यर्थको सास्ती, तपाईँको के?

राशिफल २९ जेठ : कन्या रचनात्मक कार्यमा सरिक, तुलालाई व्यर्थको सास्ती, तपाईँको के?

ज्यो. मेनुका दाहाल
जेठ २९, २०८२ बिहिबार ४:३७, काठमाडौँ

आज बिहीबार, २९ जेठ २०८२ (१२ जुन २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। नयाँ र शुभ कार्यको योग छ। राजनीतिक तथा सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग देखिन्छ। आफन्त एवं परिवारजनबाट विशेष लाभ हुनेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६५, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

वृष: बोलीको विपरीत अर्थ लाग्न सक्छ। घरपरिवारमा झैझमेलाको अवस्था आउला। खर्च बढ्नेछ। स्वास्थ्यमा गडबडी भई कामकाजमा असर पर्न सक्छ। ठूलाबडाको आशीर्वाद लिएर काम निस्कनु राम्रो हुनेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ३८, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। तामसिक भोजन नगर्ने।

मिथुन: लामो दूरीको लाभदायक यात्रा हुनेछ। नजिकका व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ। प्रेमीले सहयोग गर्नेछन्। सन्तान सुख मिल्ला। कृषि क्षेत्रको काममा सफलता मिल्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।

भाग्यशाली रङ निलो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६४, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। भरिसक्के लामो यात्रा नगर्ने।

कर्कट: सजिलै अरूको विश्वास जित्न सकिनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्ला। प्रेम सम्बन्ध प्रगाढ बन्नेछ। कुनै कुराले मनमा शान्ति छाउला। व्यापारिक वा दैनिक काम सन्तोषजनक ढंगले अघि बढ्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६५, सेयर बजारमा ६७, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। झुट नबोल्ने।

सिंह: धर्मप्रति आस्था बढ्नेछ। इच्छा, आकाङ्क्षा पूर्ण हुने छन्। यो महिना धेरै सकारात्मक महिना रहेको छ। परिवारसँग रमाइलो भेटघाट हुनेछ। साँझमा भने तनाव बढेको महसुस हुनेछ।

भाग्यशाली रङ रातो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। झुट नबोल्ने।

कन्या: मन प्रसन्न रहला। महत्त्वाकाङ्क्षा बढ्नेछ। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्। रचनात्मक कार्यको योजना बन्नेछ। रोकिएको काम पुनः सुचारु हुनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४९, सेयर बजारमा ३०, वैदेशिक कार्यमा ४० र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। खैरो रङको प्रयोग नगर्ने।

तुला: अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ। व्यर्थको सास्ती खेप्नु पर्ला। परिवारका लागि धेरै समय दिन पाइने छैन। बजार घुम्ने अवसर मिल्नेछ। सेयर बजारले साथ दिनेछ। वैदेशिक कार्य सहजै अघि बढ्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। छलकपट नगर्ने।

वृश्चिक: रोकिएका काम पुनः सुरु हुन सक्छन्। विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ। शुभकार्यको चर्चा चल्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। प्रेम र मित्रताको बन्धन कसिनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

धनु: कला र गलाको प्रभाव बढ्दै जानेछ। राजनीतिक कार्यमा सफलता मिल्ला। सामाजिक कार्य अघि बढ्नेछ। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्। व्यापार व्यवसायबाट आम्दानी हुनेछ। नयाँ वस्त्र, अलङ्कारको प्राप्ति होला।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६५, सेयर बजारमा ६३, वैदेशिक कार्यमा ६९ र शिक्षामा ५४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। कालो रङको प्रयोग नगर्ने।

मकर: तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको समय छ। सेवामूलक कामबाट सुख, शान्ति र सफलता मिल्नेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। आकस्मिक धनलाभ हुनेछ। अरूको भलाइका लागि दौडधुप गर्नु पर्ला।

भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, सेयर बजारमा ४४, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

कुम्भ: दिन भाग्यशाली भएर देखा पर्नेछ। नयाँ ठाउँको रमाइलो यात्रा हुनेछ। प्रेमका कोपिलाहरू फक्रिएर जानेछन्। मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ। वैदेशिक कार्य कमजोर रहनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। उत्तर दिशा नजाने।

मीन: शुभकार्यमा सरिक भइएला। सेयर बजारबाट राम्रै सफलता मिल्नेछ। मध्य दिनपछि मनमा उत्साह र उमङ्गको कमी देखिनेछ। शत्रुको गतिविधिले आत्मबल घटाउन सक्छ, सचेत रहनु होला।

भाग्यशाली रङ निलो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ५९, सेयर बजारमा ६३, वैदेशिक कार्यमा ६९ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad