ताप्लेजुङस्थित तमोर नदीमा बेपत्ता एक बालिका र एक महिलाको शव फेला परेको छ।
दुई फरक ठाउँबाट केही दिनअघि नदीमा बेगेर बेपत्ता भएका बालिका र महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए।
फुङ्लिङ नगरपालिका–३ टारबारी निवासी निङ्मा साङ्गे शेर्पाकी छोरी ११ वर्षीया गङ्गा शेर्पा र आठराई त्रिवेणी गाउँपालिका–२ फूलबारीकी ३७ वर्षीया कमला शेर्पाको शव फेला परेको हो।
बालिकाको शव छथर गाउँपालिका–३ खिरखिरेस्थित नावाखोला नजिक नदी किनारमा फेला परेको हो भने महिलाको शव पाँचथरको हिलिहाङ गाउँपालिका–२ दुधेपानीस्थित तमोर किनारमा फेला परेको हो।
यही जेठ २२ गते चिप्लिएर बालिका तमोर नदीमा बेपत्ता भएकी थिइन्। महिला भने जेठ १९ गते आफ्नै घरबाट हराएकी थिइन्। उनी कसरी तमोरमा खसिन् खुलेको छैन।
Shares

प्रतिक्रिया