ग्लोबल


मुम्बईमा गुडिरहेको रेलबाट यात्रुहरू खस्दा मृत्यु हुनेको संख्या ४ पुग्यो

मुम्बईमा गुडिरहेको रेलबाट यात्रुहरू खस्दा मृत्यु हुनेको संख्या ४ पुग्यो

घटनास्थल


नेपालखबर
जेठ २७, २०८२ मंगलबार ६:२४, काठमाडौँ

भारतको मुम्बईमा विपरीत दिशा गुडिरहेका दुई रेल आपसमा नजिकै हुँदा खसेका यात्रुहरूमध्ये ४ जनाको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बईको मुम्ब्रा रेलवे स्टेसननजिकै सोमबार बिहान भएको उक्त दुर्घटनामा ४ जनाको मृत्यु र १३ यात्रु घाइते भएका हुन्। मृतकमा एकजना जीआरपी हवल्दार पनि छन्। 

कसाराबाट आउँदै गरेको लोकल ट्रेनको गेटमा उभिएका यात्रुहरूको झोलामा सीएसएमटीतर्फ जाँदै गरेको अर्को ट्रेनले ठक्कर दिँदा यात्रुहरू भुइँमा खसेको बताइएको छ। कार्यालय समय भएकाले ती यात्रु रेलको गेटमा उभिरहेका थिए। 

कार्यालय समयको कारणले गर्दा रेलमा यात्रुको भिड थियो। जसका कारण त्यस्तो दुर्घटना भएको बताइएको छ। 

मृतकमा केतन सरोज, राहुल गुप्ता, मयुर शाह र ठाणे सरकारी रेलवे प्रहरी (जीआरपी) का कन्स्टेबल विक्की मुखिद छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad