आज सोमबार, २६ जेठ २०८२ (९ जुन २०२५)। हेर्नुस् आजको राशिफल-
मेष : भाग्यले विभिन्न अवसर जुराउनेछ। चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुनेछ। धार्मिक, राजनीतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ। पारिवारिक प्रेम सम्बन्ध कसिलो हुनेछ।
भाग्यशाली रङ सेतो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६७, सेयर बजारमा ५५, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। खैरो रङको प्रयोग नगर्ने।
वृष : नयाँ काम सुरु गर्ने समय छ। रोकिएका काम पनि सुचारु हुनेछन्। कुनै कुराले मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। कसैलाई सापटी दिएको रकम फिर्ता मिल्न सक्छ।
भाग्यशाली रङ निलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६२, सेयर बजारमा ४५, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।
मिथुन : प्रेमिकाको सुझावअनुरूप नयाँ कार्य सम्पन्न हुनेछ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने र धार्मिक कार्यमा सहभागी भइनेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। साँझमा झन्झटिलो कार्यमा समय खेर जाला।
भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ६४ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
कर्कट : यात्रामा मालसामान हराउन सक्छ। जिद्दीपनले गर्दा काम बिग्रने डर छ। सहकर्मीबाट विरोध आउला। लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला। परिवारभित्र मनमुटाव बढ्ने संकेत छ।
भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४०, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ५१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। झुट नबोल्ने।
सिंह : व्यवसायमा सफलता र आर्थिक सहयोग मिल्नेछ। घरमा अतिथिको आगमन होला। धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुन सक्छ। दिनको मध्यमा शैक्षिक क्षेत्रमा प्रगति नै होला। जिद्दीपन त्याग्नुपर्ने देखिन्छ।
भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७२, सेयर बजारमा ४४, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।
कन्या : भाग्यले विभिन्न अवसर जुराउनेछ। शुभ कार्यको चर्चा चल्नाले मनमा शान्ति छाउनेछ। पारिवारिक माहोल तथा माङ्गलिक कार्यमा सहभागी भइनेछ। अतिथिको रूपमा सत्कार पाइएला। बजारको लगानीबाट राम्रै लाभ हुनेछ।
भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६२, सेयर बजारमा ५६, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।
तुला : स्वादिष्ट भोजनको विशेष अवसर मिल्नेछ। दाजुभाइ तथा साझेदारहरूसँग मिलेर गरिने पेसा-व्यवसायबाट भनेजस्तो रुपैयाँ पैसा कमाउन सकिएला। रोकिएको धन हात पर्नेछ। पढाइलेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ।
भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ६९, सेयर बजारमा ५१, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।
वृश्चिक : प्रविधिमार्फत दूरदराजमा रहेका आफन्तसँग सम्बन्ध कायम हुनेछ। परिश्रमअनुसार उपलब्धि राम्रै पाइएला। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। महत्त्वपूर्ण कामको थालनी हुनेछ। प्रेम जीवन सामान्य रहनेछ।
भाग्यशाली रङ खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७१, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।
धनु : प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। न्यायिक कार्यमा सफलता मिल्नेछ। कहीँकतैबाट कुनै उपहार प्राप्त होला। लाभदायक यात्रा हुनेछ। स्वास्थ्यको भने ख्याल गर्नु पर्नेछ।
भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ५४, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।
मकर : रोकिएका काम पूरा हुनेछन्। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। नयाँ वस्त्र उपहार पाइनेछ। रमणीय र सुखद यात्राको योग छ। प्राविधिक कार्यबाट राम्रै लाभ हुनेछ। निर्णायक क्षमतामा कमी आउनेछ।
भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६८, सेयर बजारमा ५८, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। अरूलाई नहेप्ने।
कुम्भ : अनावश्यक काममा धन लगानी गर्नु पर्नेछ, सकेसम्म जोगिनुहोस्। सहकर्मीबाट विरोध आउला। स्वास्थ्यसम्बन्धी चिन्ता बढ्नेछ। स्फूर्ति र उमङ्गको कमी हुनेछ। आफैँले गरेका निर्णय कार्यान्वयन गर्न धौधौ पर्नेछ।
भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४२, सेयर बजारमा ३२, वैदेशिक कार्यमा ७७ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।
मीन : अभिभावकको सल्लाहअनुरूप चल्न सके राम्रो हुनेछ। आफन्तसँग झगडा पर्ने सम्भावना छ। विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनु होला। धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ।
भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४० र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। तामसिक भोजन नगर्ने।
Shares

प्रतिक्रिया