नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीचको छलफल निष्कर्षबिहीन भएको छ। आइतबार दिउँसो नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कासहित माओवादी नेताहरूबीच छलफल भए पनि संसद्को गतिरोध हटाउने विषयमा सहमति नजुटेको हो।
माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले भने, 'कुरा मिलेन।'
भिजिट भिसा प्रकरणमा नेपाली कांग्रेसका नेतासमेत रहेका गृहमन्त्री रमेश लेखकको संलग्नताको दाबी गर्दै माओवादीसहित प्रतिपक्षी दलले छानबिन समिति गठनको माग गर्दै आइरहेका छन्। कांग्रेस भने समिति बनाउन तयार भएको छैन।
834
Shares

प्रतिक्रिया