ad ad

समाज


कोरोनाबाट भारतमा २६ नर्स र ३ डाक्टर संक्रमित

कोरोनाबाट भारतमा २६ नर्स र ३ डाक्टर संक्रमित

नेपालखबर
चैत २५, २०७६ मंगलबार ५:२७,

कोरोना भाइरसको सामना गरिरहेको भारतमा डाक्टर एवं नर्स  नै संक्रमणमा परेका छन्। मुम्बईको होकहार्ट अस्पतालका २६ नर्स तथा ३ डाक्टरलाई कोरोना संक्रमण भएपछि उनीहरुलाई अर्को अस्पतालमा सारेर उपचार भइरहेको छ।

समाचार संस्था पीटीआईका अनुसार अस्पतालमा उपचारका लागि आएका एक बिरामीबाट नर्स हुँदै अरु चिकित्सकमा संक्रमण फैलिएको हो।

‘तत्काललाई अस्पताल बन्दको निर्णय गरिएको छ। त्यहाँबाट कसैलाई बाहिर आउन र भित्र जान निषेध छ’, हार्ट अस्पतालल सञ्चार अधिकारीले एएनआई समाचार एजेन्सीसँग भनेका छन्, ‘अहिले सम्पूर्ण स्टाफहरुको कोरोना टेस्ट भइरहेको छ।’ संक्रमितहरूको मुम्बइ अँधेरीस्थित अस्पतालमा उपचार भइरहेको छ।

महाराष्ट्रमा संक्रमितको संख्या ८६८ छ। सो प्रदेशमा कोरोनाबाट ४५ व्यक्तिको मृत्यु भएको छ।

११४ जनाले गुमाए ज्यान
भारतमा कोरोना भाइरस (कोभिड—१९) बाट ११४ जनाले ज्यान गुमाएका छन्। संक्रमित संख्या छिटो थपिँदा कतिपय प्रदेशमा स्थिति नियन्त्रण गर्न कठिन भइरहेको फस्र्टपोष्ट अनलाइनले उल्लेख गरेको छ।

भारतीय स्वास्थ्य मन्त्रालयकाअनुसार त्यहाँ कोरोना संक्रमित संख्या ४ हजार ४२१ पुगेको छ। तीमध्ये ७६ प्रतिशत पुरुष छन् भने २४ प्रतिशत महिला छन्। कोरोनाबाट मृत्यु हुने मध्ये ६३ प्रतिशतको उमेर ६० वर्षभन्दा बढी छ।

युपीका ३१ जिल्ला प्रभावित, ३ को मृत्यु
नेपालसँग सीमा जोडिएको उत्तर प्रदेश (युपी)मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ। कोरोना संक्रमणका कारण पछिल्लो पटक आइतबार वाराणसीमा एक व्यक्तिले ज्यान गुमाएका हुन्। युपीमा कोरोना संक्रमितको संख्या २८० छ। भारतको संक्रमण रोग संयुक्त निर्देशनालयका निर्देशक डा. विकासेन्दु अग्रवालका अनुसार युपीका ३१ जिल्ला कोरोनाबाट प्रभावित छन्।

बिहारका १० जिल्लामा कोरोना
नेपालसँग सीमा जोडिएको प्रदेश बिहारमा पनि कोरोनाको प्रभाव छ। स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँका १० जिल्लामा कोरोना रोगी देखिएका छन्। ३२ जना कोरोना संक्रमित देखिएको बिहारमा एक जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .