समाज


नक्खुको सनराइज अपार्टमेन्टमा सट्टेबाजीको अखडा, पाँच भारतीयसहित १७ जना पक्राउ

नक्खुको सनराइज अपार्टमेन्टमा सट्टेबाजीको अखडा, पाँच भारतीयसहित १७ जना पक्राउ

नेपालखबर
जेठ २०, २०८२ मंगलबार १७:१९, काठमाडौँ

काठमाडौँको नक्खुमा रहेको सनरानइज अपार्टमेन्ट र जैनखेलको एक घरमा सट्टेबाजी खेलाउने गिरोह फेला परेको छ। पाँच भारतीय र १२ नेपालीले त्यहाँबाट अनलाइन जुवा सट्टेबाजी खेलाउने गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ। 

उनीहरूले ८१ करोड ४७ लाख ५७ हजार ४४६ रूपैयाँ ४० पैसा बराबरको अनलाईन जुवा कारोबार गरेको प्रहरीको दाबी छ। 

विभिन्न देशका नागरिकहरूलाई वाट्सएप र टेलिग्राममार्फत सम्पर्क गरी अनलाइनएप मार्फत जुवा खेलाउने गरेको अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले बताए। 

विशेष सूचनाको आधारमा ललितपुरको, ललितपुर महानगरपालिका २६ जैनखेल भ्युटावरस्थित घर र नख्खु स्थित सनराइज अपार्टमेन्टको फ्ल्याट भाडामा लिएर  व्यवसायिक तवरले अनलाइन जुवा खेल्ने र खेलाउने गरेको प्रहरीको दाबी छ। 

पक्राउ परेकालाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिमको जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर, ललितपुर पठाइएको एसपी आचार्यले जानकारी दिए। 

पक्राउ पर्नेमा भारतको बिहार राज्य छप्रा जिल्ला मसरथ थानाका २६ वर्षीय दिपक कुमार सिंह, २० वर्षका ऋषम राज, २५ वर्षका अंकित कुमार सिंह, २५ वर्षकै धिरज कुमार सिंह र सोही उमेरका मोहित कुमार सिंह रहेका छन्।

यस्तै, डोटीको पूर्वीचौकी गाउँपालिका–४का २६ वर्षीय ठक्कर कुँवर, २३ वर्षीय सुवाश खड्का, सोही उमेरका हर्क बहादुर खड्का र ३० वर्षीय तिलक खड्कालाई पनि प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा नवलपरासी (पूर्व) गैँडाकोट नगरपालिका–१२ का जोर्डन भन्ने जित बहादुर महतो (२६ वर्ष), कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ का राजेन्द्र बहादुर महता (३० वर्ष), अछामको साँफेबगर नगरपालिका–७ का विकास थापा (२१ वर्ष), साँफेबगर ९ का डायमन्ड कुँवर (२९), अछामकै चौरपाटी गाउँपालिका–७ का मनोज बोगटी    (२१ वर्ष), कैलालीको गौरीगंगा नगरपालिका–६ का अरविन खड्का (२१), रुपन्देहीको तिलोतमा नपा–३ का पूर्ण दर्लामी (२६), र दाङको लमही नगरपालिका–१ का विष्णु कुमार राउत (२४ वर्ष) रहेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad