हाल (आइतबार साँझ) बागमती प्रदेश (चितवन र दोलखा), गण्डकी प्रदेश (नवलपुर, तनहुँ, लमजुङ, मनाङ, कास्की, स्याङ्जा, पर्वतआसपास थोरै स्थानलगायत सुदूरपश्चिम प्रदेश (अछाम) र कोसी प्रदेश (सोलुखुम्बु र संखुवासभा) आसपास एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
आज (आइतबार) साँझ ६:४० बजेतिर सूचना जारी मौसम महाशाखाले भनेको छ: पानी पार्ने प्रणाली उत्तरपूर्वतिर सरिरहेको र थप पानी पर्न सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहोला।
महाशाखाका अनुसार आज राति कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा/ हिमपात हुने सम्भावना छ।
आज राति हुने सम्भावित वर्षाबारे विस्तृत जानकारी:

यस्तै सोमबार दिउँसो (दिनमा) कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। अनि देशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपात हुने सम्भावना पनि रहेको मौसम महाशाखाले उल्लेख गरेको छ।
महाशाखाले आइतबार साँझ ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ: कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। यसकारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक तयारी गर्नहुन तथा आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
अहिले नेपालमा पश्चिम र मध्य क्षेत्रमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ भने कोसी प्रदेशका अधिकांश स्थानमा मनसुनी सक्रिय भइसकेको छ।
यस वर्ष नेपालमा मनसुन सरदर मिति (जुन १३ तारिख) भन्दा १५ दिनअघि (मे २९ तारिख राति) प्रवेश गरेको हो।
अब मनसुन क्रमश: पश्चिमतर्फ फैलिँदै देशव्यापी हुन भने अझै केही समय लाग्ने मौसमविद्ले बताएका छन्।
मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो।
यस्तै केही स्थानमा वर्षा भन्नाले सम्बन्धित भूभागको ५० प्रतिशत, थोरै स्थान भन्नाले २५ देखि ३० प्रतिशत र एक-दुई स्थान भन्नाले २५ प्रतिशतभन्दा कम ठाउँमा वर्षा हुन्छ भनेर बुझ्न सकिने मौसमविद् बताउँछन्।
Shares

प्रतिक्रिया