समाज


राशिफल १८ जेठ: मेषको सेवा भाव बढ्ने, मिथुनले नयाँ ज्ञान प्राप्त गर्ने, तपाईँको के?

राशिफल १८ जेठ: मेषको सेवा भाव बढ्ने, मिथुनले नयाँ ज्ञान प्राप्त गर्ने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
जेठ १८, २०८२ आइतबार ४:३९, काठमाडौँ

आज आइतबार, १८ जेठ २०८२ (१ जुन २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: भक्ति र सेवा भाव बढेर जानेछ। सानातिना समस्यामा अल्झनुपर्नेछ। अप्रिय समाचारले खिन्नता बढ्न सक्छ। व्यापार व्यवसायमा समेत त्यत्ति फाइदा नहोला। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ तर प्रेमीको साथ र सहयोग मिल्नेछ।

भाग्यशाली रङ रातो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४०, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४५ र शिक्षामा ४२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्यमा ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्यांक ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। झुट नबोल्ने।

वृष: नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ। न्यायिक कार्य तथा राजनैतिक कार्यमा सफलता मिल्नेछ। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि मधुर छाउनेछ। छरछिमेकमा सम्पन्न हुने धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ।

भाग्यशाली रङ सेतो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्यमा ७४, यात्राको योग ६० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। उत्तर दिशा नजाने।

मिथुन: नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। प्रेमसम्बन्ध र प्रणयप्रसंगका लागि मधुर छाउने योग छ। नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग पनि छ।

भाग्यशाली रङ गुलाबी र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७४, र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्यमा ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। छल कपट नगर्ने।

कर्कट: महत्त्वपूर्ण कामको थालनी हुनेछ। प्रेम जीवनले मनमा शान्ति छाउला। सेयर बजारको काम र कारोबार बढ्नेछ। कला र सांस्कृतिक क्षेत्रमा रुचि पनि बढ्नेछ तर स्वास्थ्यप्रति सजगता अपनाउनु पर्नेछ। 

भाग्यशाली रङ खैरो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७४, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्यमा ५१, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ७३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुण खाने। भरिसक्के लामो यात्रा नगर्ने।  

सिंह: शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। बाटो काट्दा वा यात्रा गर्दा पनि सचेत हुनुपर्छ। सामान हराउने वा चोरी हुने सम्भावना छ। मध्य दिनमा भने व्यापार व्यवसायमा श्री: वृद्धि हुने देखिन्छ भने शुभ कार्यको चर्चा पनि चल्नेछ।

भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ४२, सेयर बजारमा ३२, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्यमा ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले  निमुखा प्राणीहरूलाई खानेकुरा दिने। कालो रङको प्रयोग नगर्ने।   

कन्या: एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। स्थानान्तरण र टाढाको यात्राको सम्भावना छ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ ।

भाग्यशाली रङ र अंक ४८ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५४, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्यमा ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले  भगवान शंकरजीको दर्शन गर्ने। खैरो रङको प्रयोग नगर्ने। 

तुला: शुभारम्भको चर्चा चल्नेछ। कला र गलाको प्रभाव बढ्दै जानेछ। वैदेशिक कार्यमा सफलता मिल्नेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। ठूला व्यक्तिले तपाइको मेहनतको प्रशंसा गर्नेछन्। प्रेम जीवन भने समझदारीमा भर पर्छ।

भाग्यशाली रङ सेतो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ७६, व्यापारमा ५७, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ६४ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्यमा ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले  विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।  

वृश्चिक: विपरीत वर्गबाट आकर्षण र सहयोग हुनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। वैदेशिक क्षेत्रको लगानी लाभदायक हुनेछ। कुनै कुराले मनमा खुसी र शान्ति छाउनेछ, तर पुँजी बजारले भने साथ नदेला।

भाग्यशाली रङ आकाशे र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७१, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४०
प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्यमा ५१, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। निलो रङको प्रयोग नगर्ने।  

धनु: दैनिकी काममा पनि ध्यान दिन नसकिएला। व्यापार व्यवसायमा समेत त्यत्ति फाइदा नहोला। शरीरमा स्फूर्ति र उमङ्गमा कमी आउनेछ। स्वास्थ्यमा प्रतिकूलता रहनसक्छ। साँझमा भने मठमन्दिरको भ्रमणले ऊर्जा प्रदान गर्नेछ।

भाग्यशाली रङ पहेँलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ४९, व्यापारमा ४१, सेयर बजारमा ३७, वैदेशिक कार्यमा ७७ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्यमा ५७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ३९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पनि दिने। छल कपट नगर्ने।

मकर: चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ। भित्रैबाट मन पर्ने व्यक्तिसँगको भेटघाटले कार्यक्षेत्रमा उत्साह जगाउनेछ। कृषि क्षेत्रबाट सफलता र रमाइलो यात्रा हुनेछ। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ।

भाग्यशाली रङ निलो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ६२, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्यमा ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ५९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सजिलै अरुको विश्वास नगर्ने।    

कुम्भ: कुनै कुराले मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ। लामो यात्रा सुखद् र सफल हुनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। शैक्षिक क्षेत्रमा सफलता नै मिल्नेछ। कसैलाई सापटी दिएको रकम फिर्ता मिल्न पनि सक्छ।

भाग्यशाली रङ पर्पल र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ६९, सेयर बजारमा ५१, वैदेशिक कार्यमा ५६ र शिक्षामा ७६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्यमा ७०, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ५८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। तामसीक भोजन नगर्ने।

मीन: भौतिक सुख मिल्नुका साथै बोलीको प्रभावमा वृद्धि हुने देखिन्छ। अरूको मुख नताकी सही निर्णय लिन सके थप अवसर प्राप्त होला। न्यायिक कार्यमा विशेष सफलता मिल्नेछ। प्रेम जीवन सुखद् नै रहनेछ। सेयर बजारले पनि राम्रै साथ दिनेछ।

भाग्यशाली रङ रातो र अंक ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्यमा ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरुको विश्वास नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad