समाज


सेनाको मेजर र प्रहरीको डीएसपी बताएर धम्क्याउँदै ठग्ने दुईजना पक्राउ

सेनाको मेजर र प्रहरीको डीएसपी बताएर धम्क्याउँदै ठग्ने दुईजना पक्राउ

नेपालखबर
जेठ १६, २०८२ शुक्रबार २१:२९, काठमाडौँ

नेपाली सेनाको मेजर र नेपाल प्रहरीको प्रहरी नायव उपरीक्षक (डीएसपी) बताउँदै धम्क्याउने र ठगी गर्ने दुई जना पक्राउ परेका छन्। 

रामेछापको मन्थली नगरपालिका ७ घर भई हाल भक्तपुर ताथली बस्ने ३८ वर्षका रुद्रराज कार्कीले आफु नेपाली सेनाको मेजर हुँ भनि ट्याक्सी चालकलाई धम्क्याएर भाडा नतिरि हिडेको आरोपमा पक्राउ परेका हुन्।

जेठ १५ गते दिउँसो ४ बजेतिर भक्तपुरको मध्यपुरठिमी नगरपालिका १ कौशलटारबाट बा प्र ०१–००२ ज ६७३९ नम्बरको ट्याक्सी ईनड्राईभ गरी चढेका थिए। 
 
उनले शुक्रबार पनि दिउँसो ४ बजेतिर मध्यपुरठिमी नगरपालिका २ दिव्यश्वरी स्थितमा ठगीमा परेका पीडितहरुलाई पैसा अशुल गरी दिन्छु भनि आफुलाई नेपाल प्रहरीको प्रहरी नायव उपरीक्षक सञ्जय यादव बताउने व्यक्ति पनि पक्राउ परेका छन्। 

सिराहाको बरियारपट्टी गाउँपालिका ५ घर भई हाल काठमाण्डौँ जोरपाटी बस्ने २७ वर्षका काशिन्द्र कुमार ठाकुरलाई प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad