समाज


अन्नपूर्ण न्यूरो अस्पतालले भन्योः आफ्ताव आलमलाई मस्तिष्काघात

अन्नपूर्ण न्यूरो अस्पतालले भन्योः आफ्ताव आलमलाई मस्तिष्काघात

नेपालखबर
जेठ १६, २०८२ शुक्रबार २१:५३, काठमाडौँ

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमलाई मस्तिष्काघात भएको अन्नपूर्ण न्यूरो अस्पतालले पुष्टि गरेको छ।

अस्पतालले शुक्रबार साँझ विज्ञप्ति प्रकाशित गरी उनलाई शारीरिक, रगत तथा एमआर आई जाँच पश्चात मस्तिष्काघात (एक्युट स्केमिक स्ट्रोक) देखिएको जनाएको छ।

अस्पतालका अनुसार बिहान करिब ७ बजे आलमलाई अचानक बोली अस्पष्ट र शरीरको एक भाग कमजोर भएको लक्ष्यण देखिएर अस्पतालको आकस्मिक कक्षमा ल्याइएको थियो।

स्वास्थ्य परीक्षणपछि मस्तिष्काघात देखिएका उनलाई तुरुन्तै टिस्यु प्लामिनोजिन एक्टिभेटर (टीपीए) औषधि दिएर उपचार गरिएको अस्पतालले जनाएको छ।

तत्पश्चात उनको स्वास्थ्यमा क्रमिक सुधार आएको र हाल अस्पतालको आईसीयू विभागमा विषेशज्ञ स्नायु चिकित्सकको निगरानीमा उपचाररत रहेका पनि अस्पतालले स्पष्ट पारेको छ। 

जिउँदै मानिसलाई इँटा भट्टामा हालेको आरोप लागेर रौतहट जिल्ला अदालतबाट जन्मकैदको सजाय खेपिरेका आलम बिहीबार मात्रै उच्च अदालतले सफाइ दिएपछि जेलमुक्त भएका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad