समाज


डाइभर्सन मर्मतपछि कान्ति लोकपथमा चल्न थाले गाडी

डाइभर्सन मर्मतपछि कान्ति लोकपथमा चल्न थाले गाडी

फाइल तस्बिर


नेपालखबर
जेठ १६, २०८२ शुक्रबार १२:३७, काठमाडौँ

काठमाडौँलाई हेटाैँडासँग जोड्ने छाेटाे दुरीकाे सडक मार्ग कान्ति लोकपथमा गाडी गुड्न थालेका छन्।   

मकवानपुरको भिमफेदी गाउँपालिका-८ स्थित बागमती खोलामा वर्षासँगै आएको बाढीले डाइभर्सन बगाएपछि बिहीबार रातिदेखि सो सडक अवरुद्ध भएको थियो।

उक्त स्थानमा पुनः डाइभर्सन बनाएपछि आज बिहानदेखि सवारीसाधन सञ्चालनमा आएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। 

गत असोज १० देखि १२ गतेको वर्षाका कारण बागमती खोलामा आएको बाढीले उक्त सडक खण्डमा पर्ने बगुवा पुलको बेलिब्रिज पहुँचमार्ग बगाएपछि डाइभर्सन बनाएर सवारीसाधन सञ्चालन हुँदै आएको छ। 

यस्तै, बिहीबार बिहान उक्त सडकअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका-८ भर्‍याङडाडाँमा माथिबाट खसेको ढुङ्गासहितको पहिरो खसेकाे थियाे। 

बागमतीकाे बाढीले बिहीबार एउटा तेल ट्यांकर र एउटा ट्रकसमेत बगाएकाे थियाे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad