आज शनिबार, १७ जेठ २०८२ (३१ मे २०२५)। हेर्नुस् आजको राशिफल-
मेष: महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। पढाइलेखाइमा खासै प्रगति हुने देखिन्न। मन सद्विचार राख्नु होला, यसले फाइदै गर्नेछ। प्राविधिक कार्यमा सफल भइनेछ।
भाग्यशाली रङ घ्यू रङ र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ३९, व्यापारमा ३५, वैदेशिक कार्यमा ६८ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४५ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।
वृष: शुभकार्यको चर्चा चल्नेछ। व्यवसायका क्रममा यात्रा गर्नुपर्नेछ। प्रेमीको सहयोग पाइएला। पारिवारिक रमाइलो भेटघाट हुनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। खर्च भने केही बढ्नेछ।
भाग्यशाली रङ पर्पल र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ५१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।
मिथुन: धर्मकर्ममा मन लाग्नेछ। नजिकका व्यक्तिबाट सहयोग पाइएला। प्राविधिक कार्यमा सफलता मिल्नेछ। पारिवारिक जमघट होला। वैदेशिक कार्य अघि बढ्नेछ। मङ्गल कार्यको चर्चा चल्नेछ।
भाग्यशाली रङ निलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६०, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।
कर्कट: इच्छानुसार समय बिताउने अवसर जुर्नेछ। प्रेम र मित्रताको बन्धन कसिएला। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदा हुनेछ। आँटे-ताकेको पूरा होला।
भाग्यशाली रङ खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ७२, वैदेशिक कार्यमा ६४ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।
सिंह: महत्त्वपूर्ण कार्यमा व्यवधान आइ पर्नेछ। कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। सकेसम्म कम बोल्नु तथा आफूले नजानेको काममा हात नहाल्नु नै हितकर हुनेछ।
भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३७, व्यापारमा ४०, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ४८ र सम्पूर्ण भाग्याङ्क ३९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।
कन्या: धार्मिक यात्राको योग छ। प्रेमीको साथ र सहयोग मिल्नेछ। लामो यात्रा सुखद र सफल रहनेछ। पुँजी बजारले साथ दिनेछ। साथीभाइसँग रमाइलो भ्रमण हुन सक्छ। खानपिनमा सावधानी अपनाउनु पर्नेछ।
भाग्यशाली रङ पहेँलो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।
तुला: कुनै कुराले मनमा शान्ति छाउला। साथीभाइसँग भ्रमणको योजना बन्नेछ। विभिन्न माध्यमबाट सहयोग प्राप्त होला। छोराछोरीसँग रमाइलो समय बिताउने अवसर प्राप्त हुनेछ। व्यक्तिगत खुसीका निम्ति खर्च हुन सक्छ।
भाग्यशाली रङ घ्यू रङ र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।
वृश्चिक: चलाखीपूर्ण बोलीले काम बन्नेछ। बन्धु बान्धवले सहयोग नै गर्नेछन्। श्रमको उचित मूल्यांकन होला। पढाइमा प्रगति हुनेछ। नयाँ ज्ञान प्राप्त हुने योग छ। दिनको उत्तरार्धमा खर्च बढ्नेछ।
भाग्यशाली रङ रातो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ७३, व्यापारमा ६६, वैदेशिक कार्यमा ५९ र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले अग्रज व्यक्तिसँग सुझाव लिने। उत्तर दिशा नजाने।
धनु: दिन सामान्य रहनेछ। सानातिना बाधा आइलागे पनि काम रोकिने छैन। प्रतिस्पर्धीले रिस गरे पनि बिगार गर्न सक्ने छैनन्। धर्मकर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ। यात्राको योजना बन्नेछ।
भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, वैदेशिक कार्यमा ५५ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ४८ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।
मकर: इष्टमित्रसँग पुनर्मिलनको योग छ। उपहार प्राप्त हुनेछ। प्रेम र दाम्पत्य जीवन सुखमय रहनेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ।
भाग्यशाली रङ हरियो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ६९, वैदेशिक कार्यमा ५० र शिक्षामा ७१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। दक्षिण दिशाको यात्रा नगर्ने।
कुम्भ: आँटे-ताकेको पूरा हुनेछ। अधुरा काम पनि पूरा हुने छन्। कृषिकर्म र व्यावसायिक कामबाट प्रशस्त फाइदा हुनेछ। प्रशस्त धन आर्जन तथा संग्रह गर्ने मौका छ। शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। मुद्दामामिलामा विजयी भइएला।
भाग्यशाली रङ आकासे र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ५९, वैदेशिक कार्यमा ६७ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ८० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।
मीन: भाग्यले विभिन्न अवसर जुराउनेछ। पारिवारिक भेटघाटमा व्यस्त भइएला। परीक्षामा सफल भइनेछ। नयाँ काममा हात हाल्ने समय छ। घरमा अतिथिको आगमन हुनेछ। प्रेम सम्बन्ध सामान्य रहनेछ।
भाग्यशाली रङ पहेँलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७२, वैदेशिक कार्यमा ८० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ४६ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
Shares

प्रतिक्रिया