समाज


सगरमाथा आरोहणलाई हल्का बनाउनुहुँदैन: प्रधानमन्त्री ओली

सगरमाथा आरोहणलाई हल्का बनाउनुहुँदैन: प्रधानमन्त्री ओली

नेपालखबर
जेठ १५, २०८२ बिहिबार २२:५०, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा आरोहणको विषयलाई हल्का बनाउन नहुने धारणा राखेका छन्।

बहत्तरौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस र विश्व शिखर आरोही सम्मेलनमा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सगरमाथालाई सुन्दर र सुरक्षित राख्नुपर्नेमा जोड दिए। 

शेर्पाहरूले माथि लगिदिइहाल्छन् भने जसले पनि आरोहण गर्ने खालको सोचेर सगरमाथा आरोहणलाई त्यति हल्का पनि बनाउन नहुने उनको भनाइ थियो। उनले लागु औषध खाएर सगरमाथा चढ्ने भन्ने कुरा पनि आफूले सुनेकाले त्यस्तो खेलबाड नगर्न आग्रह पनि गरे।

कार्यक्रममा उनले विश्वको सर्वाेच्च शिखर सगरमाथालाई अभियानका रूपमा सफा राख्ने प्रयासलाई निरन्तरता दिनुपर्ने विचार पनि राखे।

प्रधानमन्त्री ओलीले सगरमाथा क्षेत्रमा देखिएको फोहोरमैलाको समस्या समाधानका लागि विद्यमान कानुनी व्यवस्थामा परिमार्जन गर्ने प्रक्रियामा सरकार रहेको जानकारी दिए।

सगरमाथामा जसले फोहर गर्छ, उसैले सफा गर्नुपर्ने नियम बनाउनुपर्ने बताउँदै त्यसका लागि राष्ट्रिय सभामा विधेयक दर्ता भइसकेकाले सरोकार भएका पक्षबाट त्यसलाई अझ परिष्कृत बनाउन सुझाव आउने अपेक्षा व्यक्त गरे।

स्वदेश र विदेशका कीर्तिमानी आरोही तथा लेखकलाई सम्मान गरिएको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलगायत उपस्थित थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad