ग्लोबल


इजरायलले वेस्ट बैंकमा २२ यहुदी बस्ती स्थापना गर्ने, प्यालेस्टाइनको कडा प्रतिक्रिया

इजरायलले वेस्ट बैंकमा २२ यहुदी बस्ती स्थापना गर्ने, प्यालेस्टाइनको कडा प्रतिक्रिया

इजरायली मन्त्रीहरूले होमेश चौकीलाई पहिलेको मितिबाट वैधानिकता दिइने बताएका छन् (मे २०२३ को तस्बिर)


नेपालखबर
जेठ १६, २०८२ शुक्रबार ५:१४, काठमाडौँ

इजरायलका मन्त्रीहरूले इजरायलले कब्जा गरेएको वेस्ट बैंक किनारमा २२ नयाँ यहुदी बस्ती अनुमोदन गरिएको बताएका छन्। जुन पछिल्ला केही दशककै ठूलो विस्तार हो।

रक्षामन्त्री इजरायल काट्ज र अर्थमन्त्री बेजालेल स्मोट्रिचले बताएअनुसार यीमध्ये धेरै पहिले नै सरकारी अनुमतिबिना निर्माण गरिएका हुन् तर अब इजरायली कानुनअन्तर्गत वैधानिक हुनेछन्। यसबाहेक बाँकी बस्ती पूर्ण रूपमा नयाँ हुन्।

अन्तर्राष्ट्रिय कानुनअन्तर्गत बस्तीहरूलाई अवैध मानिन्छ तर इजरायलले यसमा विवाद गर्छ। यो इजरायल र प्यालेस्टिनीहरूबीचको सबैभन्दा विवादास्पद मुद्दामध्ये एक हो।

काट्जले भने, ‘यो कदमले इजरायललाई खतरा हुने प्यालेस्टिनी राज्यको स्थापना रोक्छ।

उता प्यालेस्टिनी राष्ट्रपतिले यसलाई ‘खतरनाक वृद्धि’ भनेका छन्।

इजरायली बस्तीविरोधी निगरानीकर्ता संस्था पिस नाउले यसलाई ३० वर्षभन्दा बढी अवधिमा ‘आफ्नो प्रकारको सबैभन्दा ठूलो कदम’ भनेको छ।

उसले अगाडि चेतावनी दिएको छ, ‘यसले पश्चिमी तटलाई पुन: आकार दिनेछ र कब्जालाई अझ बलियो बनाउनेछ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad