रातो मच्छिन्द्रनाथको रथ आज लगनखेलबाट तानेर जावलाखेल पुर्याइएको छ।
बिहीबार अपरान्ह लगनखेलबाट तान्न थालिएको रथ साँझ जावलाखेल पुर्याइएको हो। वर्षा र सहकालका देवता मानिने मच्छिन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाउने चलन छ। यसै जात्रालाई नेपालमा मनाइने सबैभन्दा लामो जात्रा पनि मानिन्छ।
मच्छिन्द्रनाथको रथ यात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु भएर असार शुक्ल चतुर्थीसम्म चल्ने गर्छ।
मच्छिन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो देखाउने जात्रा हुन्छ। जात्राअन्तर्गत भोटो देखाउने कार्यक्रम भने जावलाखेलमा आइतबार गरिँदै छ।
पुल्चोकमा रथारोहण गरी सुरू भएको मच्छिन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेल पुर्याइन्छ।
मच्छिन्द्रनाथलाई सानो खटमा राखी बुङमतीमा लगेर जात्रा समापन गरिन्छ।





Shares

प्रतिक्रिया