समाज


आज २३ औँ कृष्ण सेन स्मृति दिवस मनाउँदै प्रेस सेन्टर

आज २३ औँ कृष्ण सेन स्मृति दिवस मनाउँदै प्रेस सेन्टर

फाइल तस्बिर


नेपालखबर
जेठ १३, २०८२ मंगलबार ६:२९, काठमाडौँ

प्रेस सेन्टर नेपालले आज पत्रकार कृष्ण सेन ‘इच्छुक’को स्मृति दिवस मनाउँदै छ। 

मंगलबार देशैभरी विभिन्न कार्यक्रम गरेर २३औँ सेन स्मृति दिवस मनाउन लागिएको प्रेस सेन्टरका महासचिव मनोज घर्तीमगरले जानकारी दिए। 

जनदिशा दैनिकको प्रधान सम्पादक रहेकै बेला प्रहरीले सेनलाई पक्राउ गरेर २०५९ जेठ १३ गते हिरासतमै यातना दिएर हत्या गरेको थियो। 

महासचिव घर्तीमगरले प्रेस नोट जारी गरेर केन्द्रीय समितिको आयोजना र उपत्यका, प्रतिष्ठान र एशोसियट प्रदेशको सहभागितामा कार्यक्रम गर्न लागिएको जानकारी गराएका छन्।

काठमाडौँको बिजुलीबजारस्थित कृष्टल पार्टी भेन्यूमा बिहान ११ बजेदेखि कार्यक्रम सुरु हुने छ। 

दुई चरणमा गरिने कार्यक्रमको पहिलो चरणमा कृष्ण सेन ‘इच्छुक’बारे प्रेस सेन्टरले तयार पारेको भिडियो सामाग्री प्रसारण गरिनेछ।

दोस्रो चरणमा पीसीएन संवाद हुने छ। सो संवादमा ‘गणतन्त्र र समाजवादको यात्रा’ र ‘कृष्ण सेन ‘इच्छुक’ र जनपक्षीय पत्रकारिता’ विषयमा वक्ताहरूसँग संवाद गरिने छ। 

कार्यक्रममा प्रेस सेन्टर नेपालले प्रदान गर्ने विभिन्न पत्रकारिता पुरस्कारको घोषणासमेत गरिने प्रेस सेन्टरले जनाएको छ।

कार्यक्रममा सहभागिताको लागि प्रेस सेन्टरले सङ्गठनका पूर्व अध्यक्ष तथा संयोजकहरू, संस्थापकहरू, पूर्व सल्लाहकार, पूर्वपदाधिकारी तथा सदस्यहरू, केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरू, समितिका पदाधिकारी तथा सदस्यहरू, उपत्यका, प्रतिष्ठान र एशोसियट प्रदेश, प्रदेश अन्तर्गतका जिल्ला समिति तथा शाखाका पदाधिकारी तथा सदस्यहरू, सङ्गठनका सदस्य, शुभेच्छुकहरू र सम्पूर्ण पत्रकारहरूलाई आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad