ad ad

समाज


स्वास्थ्य सचिव कोइरालाले पूर्व सचिवलाई भने, ‘तपाइँजस्तो अपराधी म होइन’

स्वास्थ्य सचिव कोइरालाले पूर्व सचिवलाई भने, ‘तपाइँजस्तो अपराधी म होइन’

नेपालखबर
चैत २३, २०७६ आइतबार ११:३०,

 काठमाडौं—कोरोना भाइरस (कोभिड—१९) महामारी फैलिन नदिन सरकारले तयारी गरिरहँदा वर्तमान स्वास्थ्य सचिव यादव कोइराला र पूर्वसचिव भीम उपाध्यायबीच सामाजिक सञ्जालमा वाकयुद्ध भएको छ। सार्वजनिक रूपमा भएको भनाभनमा बहालवाला सचिव कोइरालाले पूर्व सचिव उपाध्यायलाई ‘अपराधी’को संज्ञा दिएका छन्।

पूर्व सचिव उपाध्यायले शनिबार ट्विटरमा लेखे, ‘आइतबारसम्म विष्णु रिमाल, उपप्रम ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव यादव कोइराला र डिजी महेन्द्र श्रेष्ठ पदबाट हटे भने अचम्म नमान्नु होला। नभए होलसेल पदमुक्त हुन बाध्य हुन सक्छन्।’

कोरोना भाइरस रोकथाम तथा उपचारका लागि चीनबाट स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता भएको भन्ने समाचारहरू तर्फ संकेत गर्दै उनले सो ट्विट गरेका थिए।

उपाध्याय फरक-फरक समयमा उर्जा, खानेपानी तथा नेपाल ट्रस्टको सचिव भएर सेवानिवृत्त भएका पूर्व कर्मचारी हुन्। कोइराला संघीय मन्त्रालय सचिवबाट केही अघि मात्र स्वास्थ्य मन्त्रालय सरुवा भएका हुन्।

शनिबार बिहान ९ः१० आएको यो ट्विटमा करिब २ घण्टासम्म ७५ भन्दा धेरै अन्तरक्रिया भए। ११ बजे स्वास्थ्यसचिव कोइरालाले आफ्नो व्यक्तिगत ट्विटर ह्यान्डलबाट उपाध्यायलाई जवाफ फर्काए। मेलम्ची खानेपानी आयोजना अनियमिततामा उपाध्याय संलग्न रहेको भन्दै उनले आफ्नो चरित्रहत्या नगर्न चेतावनी दिए।

yadav koirala2

‘भीमजी, मेलम्चीमा यहाँले भ्रस्टाचार गरेको समाचार पढ्दा मलाई पनि त्यस्तै लागेको थियो। हेक्का रहोस्, अपराधीले अरुलाई पनि अपराधी नै देख्छ। म देश र जनताको नोकर हुँ। तपाइँजस्तो अहंकारी अपराधी होइन। म अपराधी र देशद्रोही होइन फेरि पनि हेक्का रहोस् कोठमा बसेर अरुको चरित्र हत्या नगर’, उनले ट्विटरमा लेखे।

भी उपाध्यायले फेरि ट्विट गर्दै जवाफ फर्काए। उनले भने, ‘जनताको नोकर’को मालिकप्रति यस्तो ‘महावाणि’ छ। स्वास्थ्य मन्त्रालयमा यस्ता नोकरले चार चाँद किन नलगावस्। यस्ता कुरा लुते कुकुरले पनि पत्यावस् न।' 

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको समाचार सार्वजनिक भएसँगै बहालवाला र पूर्व सचिवबीच यो भनाभन भएको हो।

yadav koirala1 1

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .