काठमाडौँमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
काठमाडौँ महानगरपालिका–३ स्थित बसुन्धरा सडकमा म प्र ०२–०३४ प ६२५७ नम्बरको स्कुटरले पैदलयात्रीलाई ठक्कर दिँदा आइतबार बेलुकी दुर्घटना भएको थियो।
दुर्घटनामा स्कुटरमा सवार काठमाडौँको चाबहिल बस्ने महोत्तरीकी १८ वर्षीया मनिसा परियारको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको बसुन्धारास्थित ग्रिनसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
2.3k
Shares

प्रतिक्रिया