खेल


धोनी भन्छन्– आईपीएल भविष्यबारे ४/५ महिनामा निर्णय लिन्छु

धोनी भन्छन्– आईपीएल भविष्यबारे ४/५ महिनामा निर्णय लिन्छु

नेपालखबर
जेठ १२, २०८२ सोमबार १४:२३, काठमाडौँ

चेन्नई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनीले अबको चार/पाँच महिनापछि आफ्नो भविष्यको बारेमा निर्णय गर्ने बताएका छन्।

पाँच पटकको च्याम्पियन चेन्नई जारी सिजन अंक तालिकाको पुछारमा रहेर आईपीएलको यात्रा सकाएको छ। लिगको आफ्नो अन्तिम खेलमा गुजरात टाइटन्सलाई ८३ रनले हराउँदै चेन्नईले आईपीएलको सुखद अन्त्य गरेको थियो।

आईपीएलको १६ संस्करणमा चेन्नईले पहिलोपटक अंक तालिकाको पुछारमा रहेर लिग सकाएको हो। तालिकाको पुछारमा रहेर आईपीएलको अन्त्य गरेपछि चेन्नईका कप्तान धोनीले अबको चार/पाँच महिनापछि आगामी सिजनको बारेमा निर्णय गर्ने बताएका हुन्। 

उनले भने, ‘अब म आफ्नो गृहनगर राँची फर्केपछि केही महिना बाइक राइडमा समय बिताउनेछु, त्यसपछि मात्र आईपीएलको अर्को सिजन के गर्ने भन्ने बारेमा निर्णय गर्नेछु।’ 

चेन्नईले गुजरातलाई हराएपछि धोनीले आईपीएलको अर्को सिजन के गर्लान् भन्ने प्रश्नमा उनले केही समय लियर बाँकी यात्राका बारेमा निर्णय गर्ने बताएका छन्। 

‘आईपीएलको अर्को सिजन के गर्ने भनेर निर्णय गर्नका लागि मसँग प्रशस्त समय छ। त्यसैले हतार गरेर निर्णय लिन आवश्यक छैन’, उनले भनेका छन्।

धोनी आगामी जुलाईमा ४४ वर्ष पुग्छन्। आईपीएल २०२६ को सिजनमा धोनी ४५ वर्ष नजिक हुनेछन्। 

उनले भने, ‘हरेक वर्ष शरीरलाई तन्दुरुस्त राख्न १५ प्रतिशत बढी प्रयास हुनेछ। यो शीर्ष स्तरको क्रिकेट भएकाले तपाइ सँधै उत्कृष्ट हुनुपर्छ। यदि प्रर्दशनको हिसाबले क्रिकेटरले सन्यास लिन थाले भने केहीले २२ वर्षको उमेरमा संन्यास लिन्छन्।’ 

आफूले सकियो पनि नभनेको र फर्केर आउँछु पनि नभनेको उनले उल्लेख गरेका छन्।

‘मसँग प्रशस्त समय भएकाले निर्णय लिन हतार गर्दिनँ’, उनले भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad