समाज


राजावादीको प्रदर्शनमा कडा सुरक्षा व्यवस्था हुन्छ, क्षति हुन दिँदैनौँ: प्रहरी

राजावादीको प्रदर्शनमा कडा सुरक्षा व्यवस्था हुन्छ, क्षति हुन दिँदैनौँ: प्रहरी

नेपालखबर
जेठ ९, २०८२ शुक्रबार १४:३९, काठमाडौँ

जेठ १५ गते काठमाडौँमा राजावादीले फेरि प्रदर्शन गर्दैछन्।  नवराज सुवेदी नेतृत्वको 'संयुक्त जनआन्दोलन समिति'ले जेठ १५ गतेदेखि 'जनआन्दोलन' सुरू गर्ने घोषणा गरेको छ। 

यसै कार्यक्रमलक्षित नेपाल प्रहरीले काठमाडौँमा सुरक्षा व्यवस्था कडा बनाइएको जनाएको छ। प्रहरीले जनधनको क्षति हुन नदिने गरी सुरक्षा व्यवस्था मिलाइएको एसएसपी शेखर खनालले बताए। 

शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा खनालले भने- 'हामी सुरक्षा योजना बनाएर अगाडि बढ्छौँ, जनधनको क्षति हुन दिँदैनौँ। त्यसदिन आवश्यक जनशक्ति व्यवस्थापन गरेका छौँ। थप जनशक्ति मगाएर पनि सुरक्षा व्यवस्थापन गर्छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad