राजनीति


सञ्चारमाध्यमबाट ‘भिक्टिमाइज’ बढ्यो, एआईको दुरुपयोग रोक्न आवश्यकः मन्त्री पन्त

सञ्चारमाध्यमबाट ‘भिक्टिमाइज’ बढ्यो, एआईको दुरुपयोग रोक्न आवश्यकः मन्त्री पन्त

नेपालखबर
जेठ ९, २०८२ शुक्रबार १४:४४, काठमाडौँ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको भन्दै त्यसलाई रोक्नु अहिलेको मुख्य चुनौती भएको बताएका छन्।

शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पन्तले बढ्दो कृत्रिम बौद्धिकता (एआई)को दुरुपयोग रोक्न आवश्यक रहेको बताएका हुन्। 

उनले कृत्रिम बौद्धिकता (एआई)को दुरुपयोग हुन नदिन पत्रकारिताको मूल्य र मान्यतालाई अंगिकार गर्न जरुरी रहेको बताए। पत्रकारिताको मूल्य र मान्यतामा अडिग रहेर पत्रकारिता गर्न नसकेको अवस्थामा कृत्रिम बौद्धिकता विध्वंसकारी हतियार हुनसक्ने उनको भनाइ छ। 

मन्त्री पन्तले मिडियाले व्यक्तिहरूलाई अनुचित ढंगले लक्षित गर्ने प्रवृत्तिको अन्त्यका लागि प्रेस आचारसंहिताको कडाइका पालना गर्नु आवश्यक रहेको समेत बताए।

उनले भने, ‘पछिल्लो समय हामी नेपालमै र नेपाल बाहिर समेत मिडियाले भिक्टिमाइज गरेका मान्छेहरू देखिरहेका छौँ। यसलाई रोक्नु आजको मुख्य चुनौती हो। बढ्दो एआईको दुरुपयोगलाई रोक्ने भनेकै इथिक्सले हो। पत्रकारिताको मूल्य र मान्यतामा अडिग रहन सक्यौँ भने एआई हाम्रो लागि सहयोगी बन्नसक्छ। यदि रहेनौँ भने त्यो एउटा विध्वंशकारी र हतियार पनि हुनसक्छ।’

मन्त्री पन्तले सामुदायिक रेडियोहरूको शुरुवातकालीन चुनौतीहरू स्मरण गर्दै वर्तमान डिजिटल युगमा पत्रकारिताको सामाजिक उत्तरदायित्व झनै महत्वपूर्ण भएको उल्लेख गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad