सरकार आगामी आर्थिक वर्षका लागि बजेटको तयारीमा व्यस्त छ। यही बजेटबाट कर बढ्ने आकलनमा व्यवसायीहरूले विद्युतीय गाडी चोभार सुख्खा बन्दरगाहमा थुपारेका छन्।
उत्तरी नाकाबाट भित्रिएका गाडी काठमाडौंको चोभार बन्दरगाहमा थुप्रिएका हुन्। वैशाख महिनामा मात्रै सबै नाकाबाट गरी १८ सय ९२ विद्युतीय गाडी भित्रिएका छन्। त्यसमध्ये चोभार सुख्दाबन्दरगाहमा शुक्रबारसम्म १ हजार ५० गाडी थुप्रिएका छन्।
तातोपानी र रसुवागढी नाकाबाट भन्सार छुटेका गाडी चोभारमा पार्किङका लागि राख्ने गरिएको छ। सुख्खा बन्दरगाहबाहिर भएका गाडी भन्सार जाँच पास भइसकेका गाडी हुन् भने यार्डभित्रका गाडी भन्सार पासको लागि आएका हुन्।
उत्तरी नाकाबाट अझै पनि धामाधम गाडी छुटिरहेका छन्। गत वर्ष बजेटको मुखैमा थुप्रै गाडी भन्सार पास भएका थिए। आगामी आर्थिक वर्षमा पनि कर बढ्ने आकलनमा गाडी धाधाधम छुटिरहेका छन्।











जेठ १०, २०८२ शनिबार १५:१७

प्रतिक्रिया