समाज


परराष्ट्रले सबै दूतावासमा पठायो श्रेष्ठ नेतृत्वमा एनआरएनए कार्यसमिति चयन भएको पत्र

परराष्ट्रले सबै दूतावासमा पठायो श्रेष्ठ नेतृत्वमा एनआरएनए कार्यसमिति चयन भएको पत्र

नेपालखबर
जेठ ८, २०८२ बिहिबार १९:४१, काठमाडौँ

परराष्ट्र मन्त्रालयले गैर आवासीय नेपाली संघको नवनिर्वाचित कार्यसमिति बनेको जानकारी सबै नेपाली राजदूतावासहरुमा पठाएको छ। बिहीबार मन्त्रालयका तर्फबाट शाखा अधिकृत सृजना कोइरालाले लेखेको पत्रमा महेशकुमार श्रेष्ठ नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको जानकारीसहितको पत्र दूतावासहरुमा पठाइएको हो। 

सर्वोच्च अदालतको परमादेश अनुसार गठित उच्चस्तरीय समितिले काठमाडौँमा आयोजना गरेको एनआरएनएको एकता महाधिवेशन र त्यसपछि सम्पन्न चुनावी कार्यतालिका अनुसार श्रेष्ठको नेतृत्वमा पुरै कार्यसमिति निर्विरोध निर्वाचित भएको थियो। तर यसअघिका अध्यक्ष बद्री केसीले पनि आफ्नो कार्यकाल बाँकी नै रहेको भन्दै त्यतिन्जेल आफूले नै काम गर्न पाउनु पर्ने माग गरिरहेका छन्। 

तर श्रेष्ठको नेतृत्वमा कार्यसमिति निर्वाचित भएको पत्र परराष्ट्र मन्त्रीलाई सम्बोधन गर्दै वैशाख ३० गते पत्र आएको भन्दै सबै दूतावासलाई जानकारी गराइएको हो। सर्वोच्च अदालतले यसअघि केसी नेतृत्वको कार्यसमितिलाई पनि अवैधानिक ठहर गरि नसकेको र सर्वोच्चकै आदेश अनुसार भएको महाधिवेसनबाट श्रेष्ठ नेतृत्वमा कार्यसमिति निर्वाचित भइसकेकाले कुन आधिकारीक भन्ने विवाद टुंगिएको छैन। 

यो कार्यसमिति आइसकेपछि परराष्ट्र मन्त्री सुरुदेखि नै यसलाई नै वैधानिक मानिरहेकी छन् भने केसी नेतृत्वको कार्यसमितिले गरेको कार्यक्रममा प्रधानमन्त्री केपी ओली समेत सहभागी भएका छन्। सर्वोच्चमा अर्को निवेदनमा अझै टुंगो लाग्न बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad