समाज


उद्योग परिसंघद्वारा बागमती प्रदेशलाई राहत सामग्री हस्तान्तरण

उद्योग परिसंघद्वारा बागमती प्रदेशलाई राहत सामग्री हस्तान्तरण

नेपालखबर
चैत २२, २०७६ शनिबार ११:३०,

नेपाल उद्योग परिसंघले कोरोना भाइरस (कोभिड १९) का कारण उत्पन्न विषम परिस्थितिमा सहयोग स्वरुप बागमती प्रदेशमा सहयोग प्रदान गरेको छ।

शनिबार बागमती प्रदेश उद्योग परिसंघका संयोजक ऋषिराम घिमिरेले बागमती प्रदेशका मुख्यमन्त्री माननीय डोरमणि पौडेललाई राहत सामाग्री उपलब्ध गराएको जनाएको छ। दाल, चामल, नुन, तेललगायत अन्य अत्वाश्यकीय सामग्री रहेको हजार थान प्याकेट हस्तान्तरण गरिएको परिसंघले जनाएको छ।

नेपालका सबै प्रदेशलगायत काठमाडौं, ललितपुर तथा भक्तपुका विभिन्न स्थानहरुमा यस्ता राहत सामग्रीहरु उपलब्ध गराइएको पनि परिसंघले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .