ad ad

समाज


बहराइनमा एकैपटक ९ नेपालीलाई भयो कोरोना संक्रमण

बहराइनमा एकैपटक ९ नेपालीलाई भयो कोरोना संक्रमण

नेपालखबर
चैत २२, २०७६ शनिबार ३:४१,

बहराइनमा एकैपटक ९ नेपालीलाई कोरोना भाइरसकाे संक्रमण भएको छ।

योसँगै त्यहाँ कोरोना संक्रमित नेपालीको संख्या १२ पुगेको छ। यसअघि त्यहाँ ३ नेपालीलाई कोरोना संक्रमण भइसकेको छ।

बहराइनस्थित नेपाली दूतावासका अनुसार एउटै क्याम्पमा बसेका कामदारकाे नमुना परीक्षण गर्दा सबैमा कोरोना पोजिटिभ देखिएको हो। त्यस क्रममा ९ नेपालीलाई पनि कोरोना संक्रमण पुष्टि भएको हो।

त्यस क्याम्पमा अझै कति नेपाली छन् भन्ने खुलेको छैन।

शुक्रबारसम्म १२ नेपालीसहित २ सय ८६ संक्रमितको उपचार भइरहेको बहराइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .