समाज


भरतपुर अस्पतालमा मृत्यु भएकी सिन्धुलीकी युवतीको कोरोना रिपोर्ट ‘नेगेटिभ’

भरतपुर अस्पतालमा मृत्यु भएकी सिन्धुलीकी युवतीको कोरोना रिपोर्ट ‘नेगेटिभ’

नेपालखबर
चैत २२, २०७६ शनिबार ४:२३,

शुक्रबार भरतपुर अस्पतलमा उपचारका क्रममा मृत्यु भएकी सिन्धुली घर भएकी २६ वर्षीया उषाकुमारी राईको नतिजा नेगेटिभ आएको छ।

उपचारको क्रममा राईको मृत्यु भएपछि कोरोना भाइरसको आशङ्कामा स्वाब परीक्षणका लागि हेटौँडा पठाइएको थियो।

उनीसँगै अन्य चार जनाको नतिजा पनि नेगेटिभ आएको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालले जनाएको छ। सबैको नमूना हेटौँडामा रहेको प्रयोगशाला पठाइएको थियो।

बिहीबार राति राईलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो। राति १२ बजे अस्पताल ल्याइएकी राईको भरतपुर अस्पतालको सघन उपचारकक्षमा उपचारकै क्रममा बिहान २ बजे मृत्यु भएको थियो।

कोरोना भाइरसको त्रास भएकाले ज्वरो आएका बिरामीको उपचारमा विशेष सतर्कता अपनाइएको छ।

ज्वरोका कारण मृत्यु भएकाहरुको स्वाब तानेर परीक्षणका लागि पठाउने गरिएको भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .