ad ad

समाज


वैशाखसम्मको सामाजिक सुरक्षा भत्ता चैतमै दिइने

वैशाखसम्मको सामाजिक सुरक्षा भत्ता चैतमै दिइने

नेपालखबर
चैत २२, २०७६ शनिबार ३:४१,

सिन्धुलीको दुधौली नगरपालिकाले दुई महिनाको सामाजिक सुरक्षाभत्ता समयअघि नै वितरण गर्ने भएको छ ।

शुक्रबार भएको कार्यपालिकाको बैठकले चैत र वैशाखको सामाजिक सुरक्षाभत्ता वितरण गर्ने निर्णय गरेको हो।

कोभिड–१९ को सङ्क्रमण हुन नदिन नेपाल सरकारले गरेको लकडाउनका कारण विपन्न वर्ग समस्यामा परेको भन्दै कार्यपालिकाले दुई महिनाको भत्ता समयसीमाभन्दा अगाडि नै उपलब्ध गराउन लागेको मेयर घनश्याम राउतले जानकारी दिए।

‘नियमअनुसार असारमा सामाजिक सुरक्षाभत्ता उपलब्ध गराउनुपर्ने हो, तर अहिलेको विद्यमान समस्याका कारण नगरपालिकाले समस्यामा परेकालाई राहत मिल्ने गरी यस्तो निर्णय गरेको हो,’ उनले भने। जेठ र असार दुई महिनाको मात्र सामाजिक सुरक्षाभत्ता असारमा उपलब्ध गराइने राउतले जानकारी दिए।

अग्रिमरूपमा भत्ता उपलब्ध गराउँदा विपन्न वर्गमा नगरपालिकाले तत्काल राहत दिनेको सङ्ख्यामा समेत कमी आउने नगरपालिकाले जनाएको छ। मेयर राउतका अनुसार अबको केही दिनभित्र नगरपालिकाबाट सामाजिक सुरक्षाभत्ता लिँदै आएका पाँच हजार ७१५ लाई वितरण गरिनेछ।

दुई महिनाको सामाजिक सुरक्षाभत्ता बापत दुई करोड ५० लाख वितरण हुँदै आएका छ।

यस्तै कार्यपालिकाले विपन्न वर्गको तथ्याङ्क सङ्कलन गर्ने, स्वास्थ्य तथा सुरक्षाकर्मीलाई निर्देशिकाअनुसार सेवासुविधा दिने, आवश्यक स्वास्थ्य सामग्री खरिद गर्ने, कोभिड–१९ बाट बच्ने उपायका बारेमा तीव्ररूपमा प्रचारप्रसार गर्नेसमेत निर्णय गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .