समाज


त्रिविले ‘थेसिस’ बुझाउन बाँकी विद्यार्थीका लागि दियो अन्तिम मौका

त्रिविले ‘थेसिस’ बुझाउन बाँकी विद्यार्थीका लागि दियो अन्तिम मौका

फाइल तस्बिर


नेपालखबर
जेठ ३, २०८२ शनिबार १०:२३, काठमाडौँ

त्रिभुवन विश्वविद्यालयले शोधपत्र  (थेसिस) बुझाउन बाँकी विद्यार्थीलाई शोधपत्र बुझाउन अन्तिम मौका दिएको छ। 

त्रिवि अन्तर्गतका विभिन्न अध्ययन संस्थान तथा सङ्कायहरूमा सञ्चालित स्नातकोत्तर तहका वार्षिक एवं सेमेस्टर प्रणाली अन्तर्गतका कार्यक्रममा अध्ययन पूरा गरी परीक्षासमेत उत्तीर्ण गरिसकेका तर शोधपत्र बुझाउन बाँकी रहेका विद्यार्थीलाई अन्तिम मौका दिइएको त्रिविले जनाएको छ। 

त्रिविले सूचना जारी गरेर परीक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई २०८२ पौष महिना भित्र र त्रिवि परीक्षा नियन्त्रण कार्यालयबाट २०८२ सालमा सञ्चालन हुने मौका परीक्षामा सहभागी हुने विद्यार्थीको हकमा मौका परीक्षा सम्पन्न भएको अन्तिम मितिले ३ महिना भित्र (थेसिस) बुझाउन सक्ने गरी अन्तिम एक पटकका लागि अवसर उपलब्ध गराइएको जनाएको हो। 

त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको गत वैशाख २९ गते बसेको बैठकले गरेको निर्णयको आधारमा  मानविकी तथा सामाजिक शास्त्र संकायका लागि यस्तो परिपत्र जारी गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad