झापाको विर्तामोडस्थित विएण्डसी हस्पिटलमा उपचाररत फिदिम नगरपालिका–५ का वडाध्यक्ष लीलाराज तुम्वापोको निधन भएको छ। तेत्तीस वर्षीय तुम्वापोको आज मस्तिष्काघातबाट निधन भएको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताए।
बिहीबार घरमै बेहोस भएपछि उनलाई उपचारका लागि हेलिकप्टरमार्फत सो अस्पताल ल्याइएको थियो। प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो आफैँ अस्पताल आएर वडाध्यक्षको शव लिएर पाँचथर गएका छन्।
तुम्बापो तत्कालीन नेकपा (एमाले)का तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। रासस

प्रतिक्रिया