समाज


मक्कामा हज गर्न जाने हजयात्रीहरुलाई रोग प्रतिरोधात्मक खोप प्रदान

मक्कामा हज गर्न जाने हजयात्रीहरुलाई रोग प्रतिरोधात्मक खोप प्रदान

नेपालखबर
जेठ १, २०८२ बिहिबार १६:५५, काठमाडौँ

साउदी अरबको मक्का–मदिना हज यात्रा गर्न लागेका हज यात्रीहरूलाई रोग प्रतिरोधात्मक खोप प्रदान गरिएको छ।

बिहीबार काठमाडौंस्थित पञ्चकाश्मिरी मस्जिदमा हज यात्रीहरुलाई  रोग प्रतिरोधात्मक खोप प्रदान गरिएको हो। कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विगत वर्षहरुभन्दा यस वर्षको हज यात्रालाई व्यवस्थित बनाउने प्रयास गरेको बताए।

उनले मक्कामा हज गर्न जानु मुस्लिम समुदायको परम्परा रहेको उल्लेख गर्दै हज यात्रालाई थप व्यवस्थित गर्न सरकार प्रतिवद्ध रहेको बताए। उनले हज गर्न जान लागेका यात्रीहरुलाई शुभकामना समेत व्यक्त गरे।

उनले भने, ‘नेपाली मुस्लिम समुदायको परम्परागत विषय हो। यसलाई व्यवस्थित गर्ने हामीले प्रयत्न गरेका छौँ। अहिले हज यात्रामा एक हजारभन्दा धेरै जना मक्कामदिना जाँदै हुनुहुन्छ। तपाईहरु सबैलाई शुभकामना समेत दिन चाहन्छु। अगामी वर्षहरुमा यसलाई अझै धेरै व्यवस्थित गर्ने कार्य गर्नेछौँ।’

नेपाल हज यात्र समितिका अध्यक्ष इश्रा मुल्ला मियाँले नेपालमा हज हाउस निर्माण गरिदिन सरकारसँग माग गरे। उनले नेपालमा हज हाउस नभएकै कारण कस्मिरी मस्जिदमा बस्न बाध्य भएको बताए। 

उनले अहिले पनि कस्मिरी मस्जिदमा बस्ने व्यवस्था नभए नेपाली हज यात्रीहरु अलपत्र पर्ने अवस्था रहेको उल्लेख गर्दै हज हाउसको व्यवस्थाका लागि पहल गरिदिन स्वास्थ्यमन्त्री पौडेलसँग आग्रह गरे।

उनले भने, ‘नेपालमा एउटा हज हाउस नभएको कारणले गर्दा हामी कस्मिरी मस्जिदमा बस्न बाध्य छौँ। यदि कस्मिरी मस्जिद हुन्थेन भने नेपाली हज यात्रीहरु बाटोमै अलपत्र पर्ने अवस्था पनि मैले देखेको छु। अहिलेको सरकारले एउटा हज हाउसको लागि व्यवस्था गरिदियोस् भन्ने आग्रह पनि गर्न चाहन्छु।’

यसपटक नेपालबाट साउदी अरबस्थित मक्कामा हज गर्न एक हजार एक सय ७० जना जाँदै छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad