राजनीति


‘सगरमाथा संवाद’ जलवायु परिवर्तनको विषय उठाउने उपयुक्त मञ्च : सांसद घर्ती

‘सगरमाथा संवाद’ जलवायु परिवर्तनको विषय उठाउने उपयुक्त मञ्च : सांसद घर्ती

नेपालखबर
जेठ १, २०८२ बिहिबार १६:५९, काठमाडौँ

नेकपा एमालेकी सांसद ईश्वरी घर्तीले ‘सगरमाथा संवाद’ जलवायु परिवर्तनको पक्षमा रहेको बताएकी छन्। 

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद घर्तीले यो संवाद जलवायु परिवर्तनको विषय उठाउने उपयुक्त विश्वमञ्चका रुपमा रहेको उल्लेख गरिन्।

नेपाल जलवायु संकटको चरममा रहेको र मौसमी घटनाका कारण विपत्तका जोखिमले देशलाई ठूलो क्षति गरिरहेको बताउँदै घर्तीले वार्षिक ८३ अर्बको क्षति बेहोरिरहेको तथ्यांक पेस गरिन्।

विगत पाँच वर्षमा जलवायु विपद्बाट सहरी क्षेत्रमा २ खर्ब १८ अर्ब ८२ करोड  रुपैयाँ र ग्रामीण क्षेत्रमा १ खर्ब १६ अर्ब ६२ करोड क्षति भएको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad