समाज


सूर्यविनायकमा पनि मेलम्चीको पानी वितरण सुरु

सूर्यविनायकमा पनि मेलम्चीको पानी वितरण सुरु

फाइल तस्बिर


नेपालखबर
जेठ १, २०८२ बिहिबार ५:३८, काठमाडौँ

भक्तपुरको सूर्यविनायक नगरपालिकाले वडा नं–६ स्थित पाण्डुबजार हाइटमा निर्मित ८० लाख लिटर क्षमताको खानेपानी ट्यांकीबाट नगरक्षेत्रका विभिन्न वडामा मेलम्चीको खानेपानी वितरण सुरु गरेको छ।
 
बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा र सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले संयुक्त रुपमा आज मेलम्ची खानेपानी वितरणको उद्घाटन गरेका हुन्। बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले सूर्यविनायकमा खानेपानीको चरम अभाव अब अन्त्य हुने बताए।
 
बागमती प्रदेश सरकारको एक करोड र सूर्यविनायक नगरपालिकाको आठ करोड बजेटमा  सूर्यविनायक बृहत खानेपानी आयोजनामार्फत मेलम्चीको पानी वितरण गरिएको उनले बताए। नगरपालिकाले ‘केयुकेएल’मार्फत खानेपानी वितरण गरेको नगरपालिकाका–७ का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाले जानकारी दिए।
 
नगरपालिकाले २०८० असोजमा बृहत्त खानेपानी आयोजना सुरु गरेको थियो । अब दैनिक ३५ लाख लिटर पानी वितरण हुने जनाइएको छ । नगरपालिकाका नगर प्रवक्ता रवीन्द्र सापकोटाले पहिलो चरणमा वडा नं २ देखि ६ सम्म र दोस्रो चरणमा ७ देखि १० वडावासीलाई मेलम्चीको पानी वितरण गर्ने योजना रहेको बताए।
 

हालसम्म १० हजार ९७० मिटर पाइपलाईन विस्तार सम्पन्न भएको र वडा नंं १ सिरुटारमा दुई देखि तीन किलोमिटर पाइपलाइन विस्तार गर्न बाँकी रहेको उनले जानकारी दिए।
 
हालसम्म सुवर्णेश्वर, पाण्डुबजार, बालकोट, दक्षिणबाराही, सिकारीटार, घट्टेखोलालगायतका ट्यांकीमा मेलम्चीको पानी पठाइएको छ। छिट्टै मेलम्चीको पानी नगरभित्रका ३५ हजार घरधुरीसम्म पुर्याउने लक्ष्य राखिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad